एक महिनामा तीन पटक भिडे चीन र भारतका सैनिक


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

भारत र चीनका सैनिकबीच यस महिना तीनपटक झडप भएको छ । यी घटनाबारे भारतीय विदेश मन्त्रालयले बिहीबार बयान जारी गर्दै भारतीय सेनाले आफ्नो सीमामा मात्र गतिविधि गरिरहेका दाबी गरेको छ । लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पारी भारतीय सैनिकले गतिविधि गरेको चीनको आरोपलाई खण्डन गर्दै भारतीय विदेश मन्त्रालयले बरु चीनले सो हर्कत गरिरहेको आरोप लगाएको छ ।

चीनले भारतीय सैनिकको नियमित पेट्रोलिङलाई अवरोध गरेको भारतीय विदेश मन्त्रालयको दाबी छ । गत ५ र ९ मे मा भारत र चीनका सैनिकबीच लद्दाखमा झडप भएको थियो भने ९ मेमा नै सिक्किमको नाकु ला सेक्टरमा दुई देशका सैनिक एक आपसमा भिडेका थिए ।

भारत र चीनबीच लद्दाखको गालवन नदी क्षेत्रमा निर्माण कार्यलाई लिएर विवाद बढेको थियो । आफ्नो क्षेत्रमा चीनले सडक बनाएको भारतको दाबी छ । यस विवादलाई सुल्झाउन दुई देशको फिल्ड कमान्डरहरुको बैठक बसेको थियो ।

यो बैठक दौलतको बेग ओल्डी सेक्टरमा भएको थियो । यसमा भारतको ८१ औँ ब्रिगेडका अधिकारी र चिनी समकक्षी सामेल थिए ।सन् १९६२ मा भएको भारत र चीनबीचको युद्धमा यो गालवन नदी निकै महत्त्वपूर्ण क्षेत्र थियो । यहाँ भारतीय सेनाको पोष्ट थियो जसलाई चिनियाँ सैनिकहरुले घेरेका थिए । त्यसपछि भएको झडपपछि युद्ध सुरु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत हप्ता भारतीय सेना प्रमुख एमएम नरवणेले भनेका थिए, ‘तपाईंहरुलाई हरेक झडपको जानकारी दिइनेछ । यस्तो १० स्थान छन् जहाँ हामी जहिले पनि छलफल गरिरहेका हुन्छौँ । त्यहाँको स्थिति पहिलेको जस्तै छ । एक दुई स्थानमा कहिलेकाहीँ यस्तो घटना हुन्छन् । जब त्यहाँको कमान्डर बदली हुन्छ, यस्तो घटना हुने गर्छ ।
कहाँ कहाँ झडप भयो ?

१) ५ मे, पूर्वी लद्दाख, पैंगोंग ताल

यो दिन तालको उत्तरी किनारको फिंगर–५ क्षेत्रमा भारत र चीनका करिब २ सय सैनिक आमनेसामने भएका थिए । रातभर तनावपछि अर्को दिन झडप भएको थियो । पछि दुई देशका सैनिकबीच छलफल भएपछि यो शान्त भएको थियो ।

२) मे ९, उत्तरी सिकिम्मको नाकू ला सेक्टर

यहाँ दुई देशका १५० सैनिक आमनेसामने भएका थिए । दुई देशका सैनिकबीच मुक्का हानाहान भएको थियो । घटनामा १० सैनिक घाइते भएका थिए ।

३) मे ९, लद्दाख

उता सिक्किममा दुई देशका सैनिक भिडिरहँदा लद्दाखमा दुई देशबीच तनाव भएको थियो । चीनको हेलिकप्टर सीमा क्षेत्रमा पुगेको थियो भने भारतको एमके आई फाइटर विमान पनि त्यहाँ पुगेर शक्ति प्रदर्शन गरेका थिए ।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com