सामुद्रिक आँधीबाट १६ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

बंगालको खाडीबाट आएको सामुद्रिक आँधीका कारण पूर्वी भारत र बंगलादेशका १६ जना मानिसको मृत्यु भएको छ ।समाचार एजेन्सी एएफपीका अनुसार यो आँधी दशकयताकै सबैभन्दा शक्तिशाली हो ।

बंगालको खाडीबाट उठेको यस आँधीका कारण भारतको पश्चिम बंगाल, ओडिसा र बंगलादेशमा तीव्र गतिमा हावा चल्नुका साथै भारी वर्षा भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीका कारण सयौँ रूखहरू ढलेका छन्, हजारौँ घरहरू नष्ट भएका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । कोरोना भाइरसको महामारी चलिरहेको समयमा मानिसहरूलाई सुरक्षित स्थानमा सार्न थप चुनौती भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एम्फन नाम दिएको यो आँधी एक सय ६५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा हावाको वेग चलेको र पाँच मिटरसम्म अग्ला सामुद्रिक छालहरू बंगालको तटीय क्षेत्रमा बजारिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पश्चिम बंगाल राज्यका दुई जिल्ला आँधीबाट धेरै प्रभावित भएका छन्, यी जिल्लाबीच सम्पर्क टुटेको छ । त्यहाँ अहिलेसम्म १० जनाको मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधीले बंगलादेशमा सुन्दरबन डेल्टास्थित मेनगुरवको जंगली क्षेत्रमा बढी क्षति पुऱ्याएको छ । बंगलादेशको मौसम विभाग प्रमुख समसुद्दिन अहमदका अनुसार दक्षिण पश्चिमी जिल्ला सातकिरामा एक सय ५१ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको थियो ।

त्यहाँका अधिकारीका अनुसार ३० लाख मानिसलाई सुरक्षित स्थानमा राखिएको छ । अधिकारी तथा सम्बन्धित व्यक्तिले आँधी प्रभावित मानिसको उद्धार र राहत वितरणमा सामाजिक दूरी कायम गर्न सकेका छैनन् । त्यहाँ पाँच वर्षीय बच्चासहित ६ जनाको मृत्यु भएको छ ।

राहत वितरण कार्यमा सहभागी एक व्यक्तिलाई पनि पानीले बगाएको छ । धेरै पशुचौपायलाई पनि पानीले बगाएको बताइएको छ । आँधीबाट कति क्षति भयो भनेर अझै अनुमान लगाउन सकिने अवस्था नरहेको त्यहाँ अधिकारीले बताएका छन् ।

बंगालको खाडीमा हरेक वर्षजसो आँधी आउँछ । यसबाट भारतका आन्ध्र प्रदेश, ओडिसा, पश्चिम बंगाल र बंगलादेश बढी प्रभावित हुन्छन् । सन् २००७ मा सिद्र आँधीका कारण बंगलादेशमा तीन हजार पाँच सयभन्दा बढीको मृत्यु भएको थियो ।

सन् १९९९ मा ओडिसामा आएको सुपर साइक्लोनबाट करिब १० हजार मानिसको मृत्यु भएको थियो । यस्तै, १९९० मा आएको आँधीका कारण एक लाख ३९ हजार मानिसको मृत्यु भएको थियो । सन् १९७० मा आँधी र बाढीका कारण पाँच लाखभन्दा बढीको मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com