अमेरिका र युरोपका बालबालिकामा कोरोनाका गम्भीर लक्षण !


प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार

अमेरिका र बेलायतका केही बालबालिकामा कोरोना भाइरससँग सम्बन्धित एक गम्भीर र दुर्लभ लक्षण देखिएकाे स्वास्थ्य अधिकारीले बताएका छन् । केही बालबालिकामा यसले गम्भीर असर पनि पारेको छ । उनीहरुलाई आइसियुमै राखेर उपचार पनि गर्नुपर्ने अवस्था आएको छ ।

बेलायतमा अहिलेसम्म एक सयभन्दा बढी बालबालिकामा यस्तो लक्षण देखिएको छ । अध्ययनअनुसार युरोपका अन्य देशमा पनि बालबालिकामा यो लक्षण देखिन थालेको छ ।

कोरोना भाइरसको संक्रमण भएका बालबालिकाहरुमा संक्रमणको केही सातापछि कावासाकी रोगसँग मिल्ने लक्षणहरु देखिएको बताइएको छ । कावासाकी रोगबाट बालबालिकाको रक्तकोशिका फुल्ने, शरीरभर राता खटिराहरु देखिन्छ । बच्चालाई उच्च ज्वरो आउने र आँखा रातो हुने पनि गर्छ ।

कोरोना भाइरसको प्रकोप फैलिइएपछि बेलायतमा बालबालिकामा यस्तो लक्षण देखिएको थियो । दुर्लभ लक्षणबाट बालबालिका प्रभावित हुन थालेपछि अप्रिलमा बेलायतको नेशनल हेल्थ सर्भिसका डाक्टरलाई यो खतरनाक लक्षणबारे पत्ता लगाउन भनिएको थियो । त्यतिबेलासम्म लन्डनमा ८ जना बच्चा बिरामी भइसकेका थिए । उनीहरुमध्ये १४ वर्षका एक बालकको मृत्यु पनि भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुख्य लक्षण

यी सबै बालबालिका लन्डनको एभेलिना चिल्ड्रेन्स हस्पिटलमा भर्ना गरिएको थियो र सबैमा लगभग एकै किसिमको लक्षण देखिएको थियो । लक्षण– उच्च ज्वरो, शरीरमा रातो खटिरा, आँखा रातो, शरीर सुन्निने र दुख्ने आदि थिए ।

बालबालिकामा फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी कुनै लक्षण थिएन तर पनि यीमध्ये सात जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । चिकित्सकहरु यो कावासाकी डिजिज सक सिन्ड्रोम (केडिएसएस) सँग मिल्दोजुल्दोे एक ‘नयाँ लक्षण’ भएको बताउँछन् ।

केडिएसएस विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई देखिने रोग हो । यसले बालबालिकाको शरीरमा खटिरा आउने, घाँटीको ग्रन्थी सुन्निने, ओठ सुख्खा हुने र फुट्ने जस्ता लक्षण देखिन्छ । तर यो नयाँ लक्षणले १४ देखि १६ वर्षका बालबालिकालाई असर गरिरहेको छ ।

कोरोना भाइरससँग सम्बन्ध

इम्पेरियल कलेज लन्डनका पेडियाट्रिक इन्फेक्सियस डिजिज एन्ड इम्युनोलोजीका क्लिनिकल प्रोफेसर डाक्टर लिज विटेकर भन्छन् ‘यो कोरोना महामारीको समयमा देखिएकाले यससँग सम्बन्धित रहेको हामी विश्वास गर्छौं ।’

उनका अनुसार कोरोना संक्रमण फैलिएको ३/४ सातापछि बच्चामा यस किसिमको लक्षण देखिन सुरु गरेको हो । यसकारण यो लक्षण कोरोना संक्रमण भएपछि देखिइरहेको छ । यो नयाँ लक्षणको सम्बन्ध कोभिड–१९ को संक्रमणपछि शरीरमा उत्पन्न हुने एन्टिबडीसँग सम्बन्धित छ ।

रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थका प्रमुख प्रोफेसर रसेल वाइनरले यस्ता लक्षण देखिएका बालबालिका उपचारपछि निको भइरहेको बताए । उनी भन्छन् ‘तर पनि यो सिन्ड्रोम ‘निकै दुर्लभ’ हो ।’

कोरोना भाइरसबाट विश्वभर नै बालबालिका कम प्रभावित छन् । कुल संक्रमितमध्ये एक/दुई प्रतिशतमात्र बालबालिका रहेका छन् । बालबालिकामा देखिएको यो नयाँ लक्षणबारे अझ धेरै अध्ययन गर्न बाँकी छ । यो लक्षण पछिल्ला तीन–चार सातादेखि देखिइरहेको छ ।

सामान्यतया कोरोना भाइरसबाट संक्रमित भएको छ सातापछि बालबालिकामा यी लक्षणहरु देखिन्छ । यही कारण पनि कोरोना भाइरस फैलिएको केही सातापछि यस्ता लक्षण देखिएको हुन सक्छ ।

बेलायतबाहेक अमेरिका, स्पेन, इटाली, फ्रान्स र नेदरल्यान्डका बालबालिकामा पनि यस किसिमको लक्षण देखिएको छ । न्युयोर्कका गर्भनर एन्ड्रयु कुमोका अनुसार कम्तिमा १५ अमेरिकी राज्यमा यो दुर्लभ लक्षण देखिएको छ ।

न्युयोर्कमा ८२ बालबालिकामा यस्तो लक्षण देखिएको छ, यीमध्ये ५३ बालबालिकामा कोभिड-१९ को एन्टिबडी पाइएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले यसै साता सबै अस्पतालमा एक अलर्ट जारी गर्दै बालबालिकामा देखिएको यस किसिमको लक्षणबारे जानकारी गराउन भनेको छ ।

इटालीमा पनि यस दुर्लभ लक्षणबाट १० बालबालिका प्रभावित भएको तथ्य सार्वजनिक गरिएको थियो । यी सबै बच्चाहरु उपचारपछि निको भएका छन् । यी सबै बालबालिकाको उमेर सात वर्षको थियो । १० मध्ये ८ बालबालिकामा कोरोना भाइरस संक्रमणपछि हुने एन्टीबडी पोजेटिभ थियो ।

बेलायती स्वास्थ्य विशेषज्ञहरुले यस्तो लक्षण बालबालिकामा मात्र नभएर वयस्क मानिसमा पनि देखिन सक्ने बताएका छन् । बेलायत, अमेरिका र अन्य युरोपेली देशका विशेषज्ञको एक टोलीले यसबारे अहिले अध्ययन गरिरहेका छन् । उनीहरुले यसलाई ‘पेडियाट्रिक इन्फ्लेमेटरी मल्टिसिस्टम सिन्ड्रोम’ नाम दिएका छन् । (एजेन्सीकाे सहयाेगमा) तस्बिर : बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com