ट्रम्पले भने, ‘मसँग निकै नजिक रहने व्यक्तिमा पोजेटिभ देखियो, तसर्थ औषधी खाएँ’


प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार

ह्वाइट हाउसमा दुई व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विनको सेवन गर्नु ‘उचित’ भएको बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले मलेरिया र लूपसको औषधी प्रयोग गरिरहेको बताएका थिए । यद्यपि, सर्वाजनिक स्वास्थ्यकर्मीले यसको प्रयोग असुरक्षित हुनसक्ने बताउँदै चेतावनी दिएका छन् ।

मंगलबार क्याबिनेट बैठकमा उनले भने, ‘एक व्यक्ति जो मसँग निकै नजिक छन्, उनी निकै राम्रा व्यक्ति हुन्, उनलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।’

‘म माइक (पेन्स, उप–राष्ट्रपति) सँग धेरै काम गर्छु र उनीसँग निकै नजिक रहने व्यक्तिमा पनि पोजेटिभ देखिएको छ । मलाई लाग्छ कि मेरो हिसाबले यसको सेवन गर्नु यो खराब समय होइन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै ट्रम्पले अमेरिकाबाट ब्राजिलको यात्रामा प्रतिबन्ध लगाउनेबारे कुराकानी भइरहेको पुष्टिसमेत गरे । संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा छ ।

उनले भने, ‘म चाहन्नँ कि मानिसहरु यहाँ आउन् र हाम्रा जनतालाई संक्रमित गरुन् ।’

‘म चाहन्नँ कि मानिसहरु बिरामी होउन् । हामी भेन्टिलेटर्समार्फत् ब्राजिलको मद्दत गरिरहेका छौं । ब्राजिललाई केही समस्या भइरहेकोछ, त्यसबारे कुनै प्रश्नै उठ्दैन, ’ उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com