अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र प्रहार


प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार

बग्दादको अमेरिकी राजदूतावास नजिक मंगलबार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप्यास्त्र निकै सुरक्षित ग्रिन जोनभित्रको खाली भवनमा खसेको उल्लेख गरिएको छ । बग्दादको ग्रिन जोन क्षेत्रमा सबैजसो विदेशी राजदूतावासहरु रहेका छन् ।

उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन र त्यसबाट कुनै मानवीय क्षति भएको छैन । ग्रिन जोन क्षेत्रमा बेलाबेला क्षेप्यास्त्र आक्रमण हुने गरेको छ । सन् २०२० मा मात्र कम्तीमा २७ पटक क्षेप्यास्त्र प्रहार भइसकेको छ । –एएनआई/Photo: CNA

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com