लकडाउनले मानसिक स्वास्थ्यमा ‘सुनामी’ ल्याउने, चपेटामा बालबालिका र वृद्धवृद्धा


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

लकडाउनको समय गुम्सिएर बसेका समस्याले मानसिक स्वास्थको सुनामी ल्याउनसक्ने चेतावनी मनोविदहरुले दिएका छन् । विद्यालय बन्द, सेल्फ–आइशोलेसन र अस्पतालप्रतिको भयका कारण बालबालिका र वृद्धवृद्धाले आफुलाई आवश्यक सहयोग नपाएको भन्दै उनीहरु चिन्तित छन् ।

‘हामीले अहिल्यै कोभिड–१९ का कारण मानसिक स्वास्थ्यमा विध्वंश देखेका छौँ र धेरै मानिस संकटमा छन्,’ रोयल कलेज अफ साइक्यारिस्टका अध्यक्ष प्रोफेसर विन्डी बर्न भन्छन्, ‘तर अहिले हाम्रो चिन्ता ती व्यक्तिहरुबारे छ, जसलाई सहयोगको आवश्यकता भएर पनि पाउन सकिरहेका छैनन् । हाम्रो डर लकडाउनले समस्यालाई भण्डार गरिरहेको छ र पछि यो सुनामीका रुपमा सञ्चार हुनसक्छ भन्नेमा हो ।’

बेलायतभरका १३ सय मानसिक स्वास्थ चिकित्सकहरुले गरेको सर्वेक्षणअनुसार आकस्मिक घटनामा ४३ प्रतिशतले वृद्धि भएको छ भने चेकजाँच गराउने बिरामीको संख्या ४५ प्रतिशतले घटेको छ ।

एक मनोविद्ले भने,‘वृद्धवृद्धाको संख्या हराउँदै गएको देखिन्छ, मलाई लाग्छ मानिसहरु उपचार गराउन र सहयोग खोज्न पनि भयभीत छन् ।’ अर्को मनोविद्ले धेरै बिरामीहरुले कोरोनाकै कारण मानसिक समस्या व्यहोरेको र तनाव बढेको जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालबालिका तथा किशोर किशोरीको मानकिस स्वास्थ हेर्ने विभागकी अध्यक्ष डाक्टर बर्नाड्का डुबिकाले भनिन्, ‘हामीलाई चिन्ता छ कि मानिसक रोग भएका बालबालिका र युवा जो संघर्षरत हुनसक्छन्, उनीहरुले आवश्यक परेको सहयोग पाएका छैनन् । हामीले यो सन्देश दिन जरुरी छ कि मानसिक स्वास्थका लागि सेवा अझै खुला छ ।’

वृद्धवृद्धाको मानसिक स्वास्थ सम्बन्धी विज्ञ डाक्टर अमान्डा थम्पसेलले लकडाउनको समय प्रविधि प्रयोग गरेर डाक्टरलाई बोलाउन केही वृद्धवृद्धालाई समस्या भएको बताए । बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com