गतिविधि खुकुलो पार्नु घातक हुने अमेरिकी विज्ञको चेतावनी


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

विश्वले मानेका, अमेरिका सबैभन्दा शीर्षस्थ मानिने संक्रमणविद् डा. एन्थोनी फाउचीले कोरोनाभाइरसको महामारी अझै फैलिइरहेको बेला हतारिएर शहर तथा राज्यहरुमा आर्थिक गतिविधि खुकुलो पारिएमा त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका छन् ।

‘अहिले मानिसहरुको जमघट बढ्न थालेपछि कोभिड–१९ का थप संक्रमणहरु निश्ति जस्तै भएको छ’ आज मंगलबार सिनेटको स्वास्थ्य, शिक्षा, श्रम र पेन्सनसम्बन्धी कमिटीमा बोल्दै उनले भनेका छन्, ‘संक्रमणलाई रोक्नका लागि समुदायहरु कतिको तयार छन् भन्ने कुराले त्यो कति खराब ढंगले फैलिन्छ भन्ने कुरा निर्धारित गर्नेछ ।’ ‘यो कुरामा कुनै शंका छैन, जतिसुकै राम्रो परिस्थितिमा पनि तपाईंले नियन्त्रणका उपायहरुबाट पछि हट्नहुन्छ भने केही केसहरु देखापरिहाल्नेछन्,’ उनले भनेका छन् ।

‘निर्धारित निर्देशिकाहरुकाहरुको पालना नगरिकन खोल्नका लागि हतारो गरिन्छ भने मेरो चिन्ता र चासो के छ भने त्यसले संक्रमणका स–साना झिल्काहरु पैदा गरिदिनेछन्, जुन ठूलो महामारीमा परिणत हुन सक्नेछन्,’ उनले भनेका छन्, ‘त्यसले ल्याउने परिणम निश्चितै रुपमा अति गम्भीर हुनेछन् ।’

उनले भनेका छन्, खोल्नका लागि हतारो गरिँदा ‘त्यसले घडीलाई उल्टो फर्काउनेछ’ र त्यसले पन्छाउन सकिने मृत्यु र पीडाहरुलाई निमत्याउने मात्रै हैन, अर्थतन्त्रलाई पटरीमा ल्याउने प्रयत्नहरुलाई पनि पछाडि धकेल्नेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com