अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक, लकडाउनले भेट्न पाएनन् आमा


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक परेको छ । गुल्मीमा रहनुभएकी ८७ बर्षीय आमा तिली थापा मगरको आज घरमै निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

हालैमात्र नेपाल गएर आमासँग आफ्नौ जन्मदिन मनाएका प्रदीप थापा कोरोनाको महामारीका कारण भएको लकडाउनले बिरामी आमालाई भेट्न जान पाएका थिएनन् । उनले केही दिन अगाडि आमाको स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका थिए ।

बिरामी भएको झण्डै एकमहिनापछि आमाको निधन भएको हो । पन्ध्रौं दिनमा फेसटाईममा राम्ररी बोल्दै आमाले सबैलाई आशिर्वाद दिनुभएको प्रदीपले सामाजिक सञ्जालमा लेखेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘आमाले सन् २०१५ मा नेपाल जाँदा चौरासी कटेसी म मर्दिन, अजम्बरी हुन्छु भन्नुभएको भन्दै प्रदीपले लेखेका थिए आमा अहिले ८७ लागिन्, खानै नखाई यतिका दिन बाँचेर फेरी जिउने सुर कसिन्। धन्य हुन् हाम्री आमा। जुग जिउनु छ आमा अझै। खाना खान शुरू गर्नु ल।’ प्रदीपले लेखेका थिए ।

तर त्यसको केहीदिनपछि आमाको निधन भएको छ ।

केहीदिन अगाडि आमाको मुख हेर्ने दिनमा प्रदीपले सामाजिक सञ्जालमा लेखेका थिए – ‘तिमीले एक एक थोपा, एक एक चिम्टी गरी खुवायौ, पिलायौ र मलाई हुर्कायौ र म “ठूलो” मान्छे बनें। जब मेरो नयाँ दाँत आउने भयो तिमीले चपाएको मकै र भटमास हामी चार भाई मध्येका हामी साना दुई भाईले तिम्रो मुखबाट ढुकुरको चल्लाले जसरी को खाई को खाई गरी खाएको मैले काँ बिर्सेकोछु र? तिमीले खुवाए म विष त पिउन कुनै हिचकिचाहट हुने थिएन भने तिम्रो मायालु गाली र पिटाई अहिले कति प्रिय लागेकोछ। तर, आज, आमाको मुख हेर्ने दिन तिमीले खुब रूवायौ, मैले तिमीले खाना खाउ न सम्म आमा भनेर भन्नु पर्यो।’

‘कसरी भन्न सक्यौ “खान सक्दिन”, खाईदेउ न आमा, प्लिज। हामी सबैको लागि खाईदेऊ न आमा। दुई हप्ता नखाई कसरी बाँच्यौ, अब नखाई हुँदैहुन्न। असह्य पीडामा तिमी त छटपटिएकिछौ नै तर हामी पनि त तिम्रै हालतमा छौं। उडी जान पखेटा छैन। म के गरूँ ? आमा, तिमी बिना यो जीवन अधुरो छ। तिम्रो उमेर जिउन मैले अझै ३७ वर्ष छ, भो मलाई त्यो जीवन चाहिएन, बरू मेरो आयू लिएर तिमी अजम्बरी जिउनू आमा ।’ –  उनले लेखेका थिए ।

‘उहाँ अत्यन्तै मायालु हुनुहुन्थ्यो । नेपालमा कतिपय बुढाबुढीले आफ्ना छोराछोरीले कथित दलितसँग विवाह गरेको मन पराउँदैनन् । तर उहाँले मलाई कहिले पनि त्यसरी व्यवहार गर्नुभएन ।उहाँलाई गुमाउनुपरेकोमा हामी स्तब्ध भएका छौं । ‘ –  डा. विष्णुमाया परियारले आफ्नी सासुलाई सम्झदै भनिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com