आफ्नै जहाजमा क्षेप्यास्त्र ठोक्किँदा इरानमा १९ सैनिकको मृत्यु


प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार

तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलवश अर्को युद्धपोतमा ठोक्किँदा १९ सैनिकको ज्यान गएको छ । यस सैन्य अभ्यासमा इरानी जलसेनाका दुई जहाज थिए । इरानको सरकारी मिडियाका अनुसार एक नयाँ एन्टि सिप क्षेप्यास्त्र परीक्षणको क्रममा उक्त दुर्घटना भएको हो ।

ओमानको जलक्षेत्रमा भएको यस दुर्घटनामा अन्य १५ जना घाइते भएको इरानी सञ्चारमाध्यामले जनाएका छन् । खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील सामूद्रिक मार्गका रुपमा रहेको यस जलक्षेत्र हुँदै जहाजहरु स्टेट फ हर्मुजतर्फ ओहोरदोहोर गर्छन् । स्टेट अफ हर्मुज र ओमानी जलक्षेत्रमा इरानले नियमित रुपमा सैन्य अभ्यास गर्दै आएको छ ।

एउटा जहाजबाट प्रहार गरिएको क्षेप्यास्त्र नजिकै रहेको अर्को जहाजमा खसेको त्यहाँका सञ्चारमाध्यामले उल्लेख गरेका छन् । इरानी जलसेनाले उक्त दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । उक्त जहाज समुद्रमा नडुबेको बताइएको छ । इरानले नेदरल्यान्डमा निर्मित कोनाराक युद्धपोत सन् १९७९ मा इस्लामिक क्रान्तिअघि खरिद गरेको थियो । यो जहाजलाई सन् २०१८ मा मर्मत गरी चारवटा क्रुज क्षेप्यास्त्र जडान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com