चीनको वुहानमा एक महिनापछि फेरि, कोरोनाको सङ्क्रमण


प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार

एजेन्सी, विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोनाभाइरस कोभिड–१९ को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो सङ्क्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ ।

वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ सङ्क्रमित देखिएका थिएनन् । विश्वमै पहिलो कोरोना भाइरस सङ्क्रमितका रुपमा गत डिसेम्बरमा वुहानमा विरामीहरू भेटिएका थिए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ जना नयाँ सङ्क्रमित भेटिएका छन् । चीनमा अप्रिल २८ तारिखयता एकै दिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो । चीनमा शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए । शनिबार सङ्क्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन् ।

आयोगले सुलान शहरमा बुधबार सङ्क्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा सङ्क्रमण फैलिएको जनाएको छ । सङ्क्रमित सबैमा कोरोना भाइरस सङ्क्रमणका कुनै लक्षण नदेखिएको आयोगले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनमा आइतबारसम्म ८२ हजार ९०१ जना सङ्क्रमित भएका छन् । तीमध्ये चार हजार ६३३ जनाको ज्यान गएको छ भने ७८ हजार १२० व्यक्ति उपचारपछि घर फर्किएका छन् । चीनमा छिटपुट घटनाबाहेक सङ्क्रमितको सङ्ख्यामा नियन्त्रण देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com