सीमामा चिनियाँ र भारतीय सैनिकबीच झडप, ११ घाइते


प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार

चीन र भारतको सीमामा खटिएका दुई देशका सैनिकबीच झडप भएको छ । सिक्किमस्थित सीमामा खटिएका भारतीय र चिनियाँ सैनिकबीच शनिबार झडप भएको हो ।

झडपका क्रममा ७ चिनियाँ र ४ भारतीय सैनिक घाइते भएका छन् । उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका १५० भन्दा बढी सैनिकहरुबीच झडप भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । ।

यस घटनाबारे दुवै देशले प्रतिकृया जनाएका छैनन् । यस विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको एक सैनिक अधिकारीले बताएको समाचारमा उल्लेख गरिएको छ । यसअघि पनि सीमामा दुई देशका शैनिकबीच झडप हुँदै आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com