कोरोना निको भएकाको परीक्षण पोजेटिभ देखिनु पुनः संक्रमण होइन, फोक्सोको मृत कोसिका हुनसक्छः डब्ल्यूएचओ


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक पटक ठीक भएका बिरामीमा पुनः कोभिड–१९ को संक्रमण पोजेटिभ देखिनुको पछाडि फोक्सोको मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने बताएको छ । गत अप्रिलमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले १ सयभन्दा बढी कोरोनाभाइरस संक्रमितहरु ठीक भइसकेको केही समयपछि पुनः पाजेटिभ देखिएको बताएका थिए । यसपछि चीनमा पनि यस्तो मामिला बाहिर आएको थियो जसलाई कोरानाको दोस्रो लहर भनेर अनुमान गरिएको थियो । नेपालमा पनि अहिले ३ जनामा यस्तै दोहोरिएको छ ।

डब्लूएचओका प्रवक्ताले एएफपीसँग कुरा गर्दै केही बिरामीहरु क्लिनिकल्ली ठीक भए पनि टेस्टमा पोजेटिभ आएको जानकारी प्राप्त भएको बताए । ‘ताजा तथ्यांक र जानकारीको आधारमा हामी यो भन्न सक्छौँ कि यो पोजेटिभ नतिजा रि–इन्फेक्सन भएर आएको नभएर बिरामीको फोक्सोबाट बाहिर निस्किरहेको मृत्त कोशिकाहरु हुन् जुन पहिले संक्रमित भएका थिए,’ उनले भने, ‘यो बिरामीको ठीक हुने प्रक्रिया हो जसमा शरीर आफै सफाइ शुरु गर्दछ । यसलाई पुनःसंक्रमण भन्न सही हुँदैन ।’

डब्लुएचओको हेल्थ इमर्जेन्सी प्रोग्रामको हिस्सा र संक्रामक रोग महामारीकी विज्ञ मारिया वान केहोबले मृत्त कोशिकाको बारेमा सम्झाउँदै भन्छिन्, ‘जब हाम्रो फोक्सोले आफैलाई ठीक गर्न थाल्छ, तब त्यहाँ रहेको मृत्त कोशिकाहरु बाहिर आउन थाल्छन् । यी फोक्साका सुक्ष्म अंश हुन्छन् जो हाम्रो नाक र मुखको बाटो हुँदै बाहिर निस्कन्छन् । यी कोशिका संक्रामक भाइरस होइनन् । यो पुनः संक्रमण भएको पनि होइन । यो उपचार प्रक्रियाको एक हिस्सा हो । तर, के यसको कारण बिरामीले प्रतिरोधात्मक शक्ति प्राप्त गर्यो ? यसको उत्तर भने हामीसँग अहिले छैन ।’

यता, हङकङ विश्वविद्यालयको औषधी विभागमा कार्यरत संक्रामक रोग विशेषज्ञ प्राध्यापक जिन डोङ यान बिरामीहरुमा दोस्रो संक्रमण वा लगातार संक्रमण नदेखिएको बताउँछन् । उनी भन्छन्, ‘यता त पहिलो चरणमा राम्रो परीक्षण गरिएको थिएन वा बिरामी उपचारको लामो प्रक्रियामा रहेको थियो ।’ उनका अनुसार टेस्ट किटको गुणस्तरदेखि स्याम्पल संकलन गर्ने तरिकाले परीक्षणको नतिजामा प्रभाव पार्ने गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनमा संक्रमितलाई निको भएर अस्पतालबाट डिस्चार्ज गर्न तीन दिनसम्म ज्वरो नआएको, श्वासप्रश्वासमा समस्या नरहेको र फोक्सोको अवस्थामा सुधार आएको हुनुपर्छ । त्यस्तै, एक दिनको अन्तरमा दुई पीसीआर टेस्टमा नेगेटिभ आएको हुनुपर्छ ।

विभिन्न अनुसन्धानबाट कोरोनाभाइरसबाट संक्रमित बिरामीको शरीरमा एक या दुई हप्तापछि एन्टिबडी बनाउन सुरु हुन्छ । त्यसपछि संक्रमणको लक्षण कम हुँदै जान्छ । तर, विज्ञहरुका अनुसार शरीरले भाइरसको नयाँ हमला सहन पर्याप्त मात्रामा प्रतिरोधात्मक क्षमता गर्छ कि गर्दैन भनेर स्पष्ट भइसकेको छैन । यो प्रतिरोधात्मक क्षमता कति समय टिक्छ भन्ने कुराको यकिन हुन बाँकी रहेको छ । अलग–अलग भाइरसको लागि प्रतिरोधात्मक क्षमता अलग–अलगत हुन्छन् । यो केही महिनादेखि लिएर जीवनभर हुनसक्छ ।

डब्लूएचओका अनुसार ठीक भएका बिरामीहरुको व्यवस्थित तरिकाले स्याम्पलिङ गर्ने काम भइरहेको छ र तिनको अध्ययनपछि नयाँ भाइरसलाई कहिलेसम्म टाढा राख्न सक्छन् भन्ने पत्ता लाग्नेछ । ‘हामीले यो पनि बुझ्न जरुरी छ कि टेस्ट पोजेटिभ आउनुको अर्थ उसले आफूजस्तै अरुलाई पनि संक्रमित गर्न सक्छ भन्ने हो,’ डब्लुएचओले भनेको छ ।

स्रोतः साइन्स अलर्ट,साउथ चाइना मोर्निङ पोष्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com