भाइरस कसरी उत्पत्ति भयाे ? अनुसन्धानमा डब्लूएचओलाई सघाउन चीन तयार


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कसरी सुरु भयो भन्नेबारे हालसम्म कुनै तथ्य पत्ता लाग्न सकेको छैन । यसको उत्पत्ति र मानिसमा संक्रमण कसरी भयो भनेर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गर्ने अनुसन्धानमा चीनले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

चीनले कोरोना भाइरसको उत्पत्तिबारे वैज्ञानिक अनुसन्धान गरिएमा त्यसलाई पूर्णतः साथ र सहयोग गर्ने चिनिया विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले भाइरसको उत्पत्तिबारे गरिने स्वतन्त्र अनुसन्धानलाई चीनले सहयोग गर्ने बताइन् ।

डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ डा मारिया भान केर्खोवले बुधबार कोरोना भाइरस संक्रमण मानिसमा कसरी सुरु भयो, कुन जनावरबाट आयो भन्नेबारे अनुसन्धान गर्न चीनसँग कुरा भइरहेको बताएकी थिइन् । यसको प्रतिक्रियास्वरुप बिहीबार बेइजिङमा एक पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता चुन्यिङले आफूहरु अनुसन्धानमा सघाउन तयार रहेको बताएकी हुन् ।

उनले अमेरिकाले चीनविरुद्ध नियोजित रुपमा गैरजिम्मेवार र झुटो आरोप लगाइरहेको भन्दै भाइरसलाई राजनीतिकरण गर्न नुहने बताइन् । अमेरिकाकाे झुटाे दाबी खण्डन गर्न समेत स्वतन्त्र अनुसन्धान हुन जरूरी रहेकाे र डब्लूएचओले गर्ने अनुसन्धानमा ‘उपयुक्त समय’ मा चीनले सहयोग गर्ने उनको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओले कोरोना भाइरस चीनको प्रयोगशालामा तयार भएको हुन सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर चीनले यस भनाइमा कुनै सत्यता नरहेको बताइरहेको छ । अमेरिकाकै गुप्तचर अधिकारीहरुले समेत चीनले भाइरस बनाइको भन्नेमा कुनै आधार नरहेको बताउँदै आएका छन् ।

हालसम्म कोरोना भाइरस चमेरोबाट कुनै समुद्री जीव हुँदै मानिसमा फैलिएको विश्वास गरिँदै आएको छ । तर यसको स्वतन्त्र र वैज्ञानिक पुष्टि हुन सकेको छ्रैन । गत वर्षको डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारी अहिले विश्वभर फैलिएको छ भने २ लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com