निको भएका संक्रमित पुरुषको वीर्यमा, भेटियो कोरोना


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट निको हुन थालेका संक्रमितको वीर्यमा कोरोना भाइरस भेटिएको छ । योसँगै कोरोना भाइरसको संक्रमण यौन सम्पर्कबाट पनि फैलिन सक्ने सम्भावना देखिएको छ ।

चीनको शांगकियु नगर अस्पतालले ३८ जना संक्रमितको वीर्य परीक्षणबाट यो अध्ययन सार्वजनिक गरेको हो । ती मध्ये १६ प्रतिशतको वीर्यमा कोरोना भाइरस फेला परेको हो ।

जामा नेटवर्क ओपनमा प्रकाशित अध्ययनले वीर्य परीक्षण गरिएकामध्ये एकचौथाइ संक्रमित संक्रमणको अवस्थामा रहेका र नाै प्रतिशत निको भइरहेको अवस्थामा रहेको उल्लेख गरेको छ ।

‘हामीले संक्रमितको वीर्यमा समेत कोरोना भाइरस रहेको पाएका छौँ, यसका साथै निको भइरहेका संक्रमितको वीर्यमा समेत कोरोना भाइरस भेटिएको छ,’ चाइनिज पिपुल्स लिब्रेसन आर्मी अस्पताल बेइजिङका डिएन्गेङ ली र उनका सहकर्मीहरूले लेखेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाइरसले वीर्यमा आफ्नो संख्या वृद्धि गर्न नसके पनि त्यहाँ पाइएको जनाइएको छ ।

त्यस्तै उनीहरूले शरीरको प्रतिरक्षा प्रणालीले अन्य भाइरसविरुद्ध लड्न नपुग्ने क्षेत्रको परीक्षण गरेको बताएका छन् ।

अर्थात् कि मानिसको शरीरका कुनै अंगहरूमा भाइरसको संक्रमण भए पनि कुनै लक्षण नदेखाएरै त्यो रहन सक्ने क्षमताका हुन्छन् । यसअन्तर्गत अण्डकोष, आँखालगायतका अंग पर्छन् ।

यद्यपि यो कुनै आश्चर्यजनक तथ्य भने हाेइन, इबोला र जाइकाजस्ता भाइरस पनि संक्रमित निको भएको महिनौँपछि मानिसको वीर्यमा पनि पाइएका थिए ।

त्यस्तै यो अध्ययनले वीर्यमा पाइएको भाइरसले फेरि संक्रमण फैलाउन सक्छ वा सक्दैन भनेर पनि पुष्टि गरेको छैन ।‘थप अध्ययनहरूपछि यदि कोरोना भाइरस यौन संक्रमणबाट पनि सर्न सक्छ भन्ने देखायो भने त्यो जोखिमको अवस्था हुनेछ,’ अध्ययनकर्ताहरूले भनेका छन् ।

संक्रमित निको भइसकेपछि पनि वीर्यमा रहेका भाइरसबाट संक्रमण फैलिन सक्ने सम्भावना भने कम हुने विज्ञहरूको भनाइ छ  किनकि यस्तो अवस्थामा फेलापर्ने धेरैजसो भाइरस निष्क्रिय रूपका रहने  भाइरोलोजिष्टहरू बताउँछन् । यसबाट संक्रमितको ऱ्याल र रगतबाहेक अर्काे माध्यमबाट पनि संक्रमण फैलिन सक्ने कुराको खतरा भने देखाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com