विश्वभर ९० हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

इन्टरनेशनल काउन्सिल अफ नर्सेजका अनुसार विश्वभर हालसम्म ९० हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन् । यीमध्ये दुई सय ६० भन्दा धेरै नर्सको मृत्यु भएको छ । यस काउन्सिलले अप्रिलसम्म एक सय नर्सको भाइरस संक्रमणबाट ज्यान गएको जनाएको थियो । आइसिएनका प्रमुख कार्यकारी अधिकृत हवार्ड कटनले भने ‘संक्रमित स्वास्थ्यकर्मीहरुको संख्या २३ हजारबाट बढेर ९० हजारमा पुगेको छ, मलाई लाग्छ यो संख्या ९० हजारभन्दा पनि बढी छ ।’

काउन्सिलले कतिपय देशबाट स्वास्थ्यकर्मीको अवस्था बारे ठोस जानकारी नआएकाले संक्रमित स्वास्थ्यकर्मीको संख्या अझ बढी हुन सक्ने अनुमान गरेको छ । विश्वका विभिन्न देशमा महामारीविरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मी पर्सल प्रोटेक्टिभ इक्युप्मेन्ट पिपिईको कमीका कारण पनि धेरै संक्रमितभ भएको बताइएको छ ।

इरानमा फेरि बढ्यो कोरोना संक्रमण

इरानमा घट्दै गएको कोरोना संक्रमण पछिल्लो चार दिनदेखि बढ्दै गएको छ । बुधबार एक हजार छ सय ८० नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । यो ११ अप्रिलपछि यता देखिएको सबैभन्दा उच्च संख्या हो । इरानमा कुल संक्रमितको संख्या एक लाख नाघिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाइरसको संक्रमणमा कमी आएपछि ११ अप्रिलदेखि लकडाउन केही खुकुलो गरिएको थियो । कम जोखिमयुक्त क्षेत्रका मस्जिदहरु खोल्न अनुमति दिइएको थियो । मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित देश इरान हो । हालसम्म त्यहाँ छ हजार चार सय १८ को मृत्यु भएको छ ।विश्वभर ३८ लाख २० हजार मानिस भाइरसबाट संक्रमित भएका छन् भने दुई लाख ६५ हजारको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com