कोरोना : भारतमा ज्यान गुमाउनेकाे संख्या १९ सय नजिक,संक्रमित संख्या ५६ हजार
प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको भारतमा पछिल्ला केही दिनयता दैनिक १०० भन्दा बढीले ज्यान गुमाइरहेका छन् । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार ३५१ पुगेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । बिहीबार एक दिनमा मात्र त्यहाँ १०४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यससँगै त्यहा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ८८९ पुगेकाे छ ।
पछिल्लो २४ घण्टामा (बिहीबार) भारतमा ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका छन् । बुधबार यो संख्या ३ हजार ५८७ थियो । यसैबीच १६ हजार ७७६ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । बाँकी ३७ हजार भन्दा धेरै बिरामी उपचाररत छन् ।
कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ (जेठ ४) सम्म पुर्याएको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुनः १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो ।






