अफ्रिकामा मात्रै झण्डै २ लाखको ज्यान जानसक्ने डब्लूएचओको चेतावनी


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी यदि अफ्रिकामा रोक्न सकिएन भने झण्डै २ लाखको ज्यान जान सक्ने चेतावनी दिएको छ । डब्लूएचओको एक अध्ययनले अफ्रिकी मुलुकहश्रमा कोरोना रोकथामका उपाय फेल भएमा यस महामारीको पहिलो वर्षमा नै अफ्रिकामा १ लाख ९० हजारभन्दा बढीको मृत्यु हुने चेतावनी दिइएको हो ।

अफ्रिकाका ४७ देशहरुको अवस्था विश्लेषण तथा प्रेडिक्सन मोडलको यो चेतावनी दिइएको बिबिसीले जनाएको छ । डब्लूएचओको अध्ययनअनुसार यदि अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनमा रोकथामका उपायबारे ध्यान दिइँदैन भने त्यहाँको अवस्था थप भयावह हुनेछ । जसअनुसार स्वास्थ्य सेवाका लागि अबका दिन थप चुनौतीपूर्ण हुनेछन् र भारी संख्यामा मानिसहरु अस्पताल पुग्ने हुँदा धान्न सकिने छैन ।

अध्ययनमा अस्पतालहरुले आफ्नो क्षमता बढाउनुपर्ने सुझाव समेत दिइएको छ । मार्च २०२० मा गरिएको एक अध्ययनमा पत्ता लागेअनुसार अफ्रिकी क्षेत्रमा औसतमा १० लाख व्यक्तिमा ९ जनाका लागि मात्रै आइसीयू वार्ड उपलब्ध छन् । जबकि संक्रमण व्यापक बन्दै गएमा त्यहाँको स्वास्थ्य प्रणालीले नै धान्न सक्ने छैन । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com