भारतमा रासायनिक प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु, कैयौँ बिरामी


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

भारतको आन्ध्र प्रदेशको विशाखापटनमस्थित एक रासायनिक प्लान्टमा ग्यास लिक हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्ला अधिकारी विनय चाँदका अनुसार दुई सयभन्दा बढी मानिस बिरामी भएका छन् । उक्त प्लान्टमा बिहीबार बिहान ३ बजे स्टाइरिन ग्यास लिक भएको थियो । बिरामी परेका सबैलाई अस्पताल लगिएको छ भने ८६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

विजागका प्रहरी प्रमुख आरके मिनाले तीन जनाको प्लान्टनजिकै र अन्य पाँच जनाको जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएको बिबिसीले जनाएको छ ।

प्रहरीले प्लान्ट आसपासका पाँच गाउँ खाली गराएर त्यहाँका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारेको छ । कतिपयले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन् । विशेषगरी ज्येष्ठ नागरिक र बालबालिकाले श्वासप्रश्वासमा समस्या भएको बताएका छन् ।

भारतमा भएको लकडाउन केही खुकुलो बनाएपछि प्लान्टमा काम सुरु भएको थियो । जिल्ला अधिकारी चाँदका अनुसार ग्यास चुहावट रोक्ने प्रारम्भिक प्रयासमा अहिलेसम्म कुनै सफलता हासिल भएको छैन। यो नियन्त्रण गर्न अझ दुई घण्टा लाग्छ । सुरक्षाकर्मी र दमकलले यसलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्यास तीनदेखि पाँच किलोमिटरसम्म फैलिने अनुमान गरिएको छ । ग्यास कसरी लिक भएको भन्ने अहिलेसम्म पत्ता लागेको छैन । प्लान्टको व्यवस्थापनविरुद्ध मुद्दा दर्ता समेत भएको छ ।

यो रासायनिक प्लान्ट एलजी पोलिमर्स इन्डिया प्राइभेट लिमिटेडको हो। सन् १९६१ मा निर्माण गरिएको यो प्लान्ट हिन्दुस्तान पोलीमरको थियो, पछि सन् १९९७ मा दक्षिण कोरियाली कम्पनी एलजीले अधिग्रहण गर्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com