जडिबुटीबाट बनेको यो पेय पदार्थ कोरोनाको औषधी भएको दाबी


प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार

एकातिर संसारभरीका वैज्ञानिक कोभिड–१९ रोगको उपचार विधि खोजिरहेका छन् भने अर्कोतर्फ तान्जानिया र कंगोजस्ता देशका मानिसहरुलाई जडिबुटीबाट बनाइएको एक प्रकारको पेय पदार्थ (हर्बल ड्रिङ्क) खाँदा कोरोनाभाइरस निको हुनसक्ने विश्वास लागेको छ ।

तान्जानियाका राष्ट्रपतिले आफ्ना जनतासमक्ष ‘हर्बल ड्रिङ्क’ आयातका लागि आफूले मेडागास्करमा विमान पठाउने बचन दिएका छन् । राष्ट्रपति जोन मुगुफुलीले यो ‘हर्बल ड्रिङ्क’ लाई औषधीको रुपमा प्रचार गरिरहेका छन् । तान्जानियाबाहेक कंगोका राष्ट्रपतिले पनि यस्तै दाबी गरेका छन् ।
यो हर्बल ड्रिङ्क आर्टमिजिया नामको एक वनस्पतिबाट तयार हुन्छ । मलेरियाको उपचारमा यो वनस्पतिको उपचार हुन्छ ।

‘कोभिड–अर्ग्यानिक्स’ को नाममा लञ्चिङः

यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको हालसम्म कुनै औषधी नभेटिएको स्पष्ट पारेको छ र मानिसहरुलाई मनलाग्दी उपचारबाट बच्न सल्लाह दिइएको छ । मेडागास्करका राष्ट्रपतिकी चीफ अफ स्टाफ लोवा हसिनिरिना रानोरोमारोले बीबीसीसँगको कुराकानीमा तीन हप्तासम्म २० भन्दा कम व्यक्तिमा गरिएको परीक्षणपछि यो हर्बल ड्रिङ्कलाई ‘कोभिड अर्ग्यानिक्स’ को रुपमा लञ्च गरिएको जानकारी दिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘कोभिड–अर्ग्यानिक्स’ सार्वजनिक गरिएपछि विश्व स्वास्थ्य संगठनले आफ्नो बयानमा कोभिड–१९ को उपचारको नाममा मानिसहरुले कुनै पनि औषधीको प्रयोग गरेर आफैंले उपचारको कोसिस गर्न नहुने बताएको छ ।

विश्व स्वास्थ्य संगठनमन प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले कोरोनाभाइरसविरुद्ध कुनै प्रभावकारी औषधी खोज्नका लागि कुनै सर्टकट नभएको बताइसकेका छन् । यसको उपचारका लागि अन्तर्राष्ट्रिय स्तरमा ट्रायल चलिरहेको छ ।

अफ्रिकी देशमा बढ्दो मागः

मार्चमा अमेरिकी संस्था नेशनल सेन्टर फर कम्प्लिमेन्ट्री एन्ड इन्टिग्रेटिभ हेल्थले कोरोनाभाइरसको कथित उपचारको नाममा हर्बल थेरापी र चियाको प्रयोगमा चेतावनी दिएको थियो । तर यति हुँदा हुँदै पनि यो हर्बल चियाको माग अन्य अफ्रिकी देशमा बढिरहेको छ । शनिबार मेडागास्करले एक खेप गिनिया–बिसाउ पठायो । मेडागास्करका राष्ट्रपतिले इक्वेटोरियल गिनियाका विशेष दूतलाई हर्बल ड्रिङ्कको सिपमेन्ट सुम्पिएको ट्वीटरमार्फत् जानकारी दिए । स्रोतः बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com