मलाई जिउँदो राख्न डाक्टरले थुप्रै लिटर अक्सिजन दिएका थिएः प्रम


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचारसँग जोडिएका एक जानकारी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री जोनसन २६ मार्चमा कोरोना संक्रमित पाइएका थिए । तत्पश्चात् उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना गर्नुपरेको थियो ।

अहिले उनी पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् । सन पत्रिकालाई दिएको एक अन्तरवार्तामा बोरिस जोनसनले उनलाई जिउँदो राख्नका लागि डाक्टरले उनलाई थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिए ।

अस्पतालमा आफूले जतिबेला पनि यो स्थितीबाट कहिले पार हुने हो भन्नेबारे मात्रै सोचेको गरेको उनले बताए । उनकी पार्टनर केरी साइमन्ड्सले बोरिसको उपचारमा खटिएका दुई डाक्टरको नाममा आफूहरुले छोराको नाम राखेको जानकारी दिइन् ।

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएको केही दिनपछि नै उनीहरुलाई पुत्रलाभ भएको थियो । आफ्नो स्थिती बिग्रिएको अवस्थामा के गर्ने भनेर डाक्टरहरुले त्यसको पनि प्रबन्ध मिलाएको बोरिसले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जोनसनले भने, ‘केही दिनभित्रै मेरो स्थिती अत्यधिक खराब भएको थियो, मेरा लागि यो कुरा विश्वास गर्न मुश्किल थियो ।’ डाक्टरहरुले आफ्नो अत्यधिक हेरविचार गरेका कारण आफू निको भएको उनको ठम्याइँ छ ।

बीबीसीका राजनीतिक संवाददाता जोनाथन ब्लेकका अनुसार उनीहरुको यो कुराले थाहा हुन्छ कि प्रधानमन्त्रीको स्थिती कतिसम्मको नाजुक भएको थियो ।
दुई डाक्टरले एक बयान जारी गरेर प्रधानमन्त्री र उनकी पार्टनरलाई शुभकामना दिँदै उनीहरुलाई धन्यवाद पनि दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com