चर्चित बलिउड अभिनेता इरफान खानको निधन


प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार

एजेन्सी/ चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मंगलबार उनको स्वास्थ्य अवस्था झनै बिग्रिएका कारण उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार ५४ वर्षकाे उमेरमा उनकाे निधन भएकाे भारतीय समाचार एजेन्सीहरूले जनाइएका छन् ।

‘आज तक’का अनुसार इरफान खानले मुम्बईको कोकिलाबेन अस्पतालमा ५४ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । इरफान लामो समयदेखि बिरामी थिए र उनलाई मंगलबार थप समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको बयानअनुसार खान पेटको समस्यासँग जुधिरहेका थिए । पछिल्लो समयमा उनमा ‘कोलोन इन्फेक्सन’ बढेको अस्पतालले जनाएको छ । फिल्म निर्देशक शुजित सरकारले सर्वप्रथम इरफान खानको मृत्युको बारेमा जानकारी दिएका थिए र त्यसपछि उनको बयान अस्पतालबाट जारी गरिएको हो ।

खानका एक प्रवक्ताले इरफान अब बाँकी नरहेको बताएको बिबिसी हिन्दीले लेखेको छ । ती प्रवक्ताले भनेका छन्, ‘म निश्चित छु कि मैले हार खाएँ- अभिनेता इरफान खानले सन् २०१८ मा आफ्नो नोटमा यो हृदय विदारक कुरा लेख्नुभएकाे थियाे, जब ​​उहाँ क्यान्सर रोगसँग लडिरहनुभएकाे थियाे । र आज यो दुखद समाचार हामी दिइरहेका छौं कि उहाँ अब हामीसँग हुनुहुन्न ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले इरफान एक बलियो ईच्छाशक्तिका व्यक्ति रहेको र क्यान्सरविरुद्ध अन्तसम्मै लडेको बताएका छन् । ‘उहाँले आफूनजीक आउनेहरूलाई जहिले पनि प्रेरित गर्नुभयो । त्यसबेलादेखि उहाँले यसबाट आउने चुनौतीहरूलाई परास्त गर्दै आफ्नो जीवनलाई निरन्तरता दिनुभएको थियो,’ ती प्रवक्ताले भनेका छन्, ‘अब उहाँ परिवारजनलाई छाडेर जानुभएको छ ।’

गत वर्ष सन् २०१९ मा इरफान खान लण्डनबाट उपचार गरेर स्वदेश फर्केका थिए । त्यसपछि उनी कोकिलाबेन अस्पतालका डाक्टरहरूको सुपरिवेक्षणमा उपचार र नियमित चेकअपमा थिए । पौराणिक कलाकार उपमा पाएका खानको निधनले बलिउडमा शोक छाएको छ । उनी बडिउडका एक सफल अभिनेता थिए, जसले आफ्नो अभिनयबाटै धेरैको हृदय रुवाए, प्रभाव पारे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com