बंगलादेशमा हजारौँ मजदुर काममा फर्किए


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

कोरोना भाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोसाक (गार्मेन्ट) उद्योगका हजारौँ मजदुर काममा फर्किएका छन् । राजधानी ढाका र चटगाउँका कारखाना खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन थालेको हो । बंगलादेशमा गत मार्चको अन्त्यदेखि गार्मेन्ट कारखाना बन्द भएका थिए, तर निर्यातको बाँकी अर्डर पूरा गर्न कारखाना खोल्नुपर्ने माग गरिएको थियो ।

बंगलादेशमा कोराेना भाइरसको संक्रमण बढेसँगै आगामी मे महिनाको ५ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । सोमबारसम्ममा ढाका र बाहिरका एक हजार कारखाना खोल्ने योजना थियो । साथै तटीय बन्दरगाह सहर चटगाउँका कारखाना पनि खोलिनेछन् ।

बंगलादेशको कुल निर्यातको करिब ८० प्रतिशत हिस्सा तयारी पोसाकले ओगटेको छ । तर, कोरोना भाइरसका कारण तयारी पोसाकको माग घटेको वा अर्डर रद्द भएका कारण बंगलादेशले यस आर्थिक वर्षमा करिब ६ अर्ब डलरको नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ ।

श्रम अधिकारवादीहरूले मजदुरका कारण कोभिड– १९ को महामारी अझ फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बंगलादेशका गार्मेन्ट कारखानामा ४० लाखभन्दा बढीले काम गर्दछन् । बंगलादेशबाट विश्वका चर्चित एचएन्डएम, इन्डिटेक्स र वाल्मार्टजस्ता कम्पनीका लागि गत वर्ष ३५ अर्ब डलरभन्दा बढीको तयारी पोसाक निर्यात भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बंगलादेश तयारी पोसाक उत्पादक तथा निर्यात संघका उपाध्यक्ष मोहम्मद हातिमले कोरोना भाइरसलाई जीवनको एक हिस्साका रूपमा स्विकार्नुको विकल्प छैन भन्दै कारखाना तत्काल नखोलिए बंगलादेशमा आर्थिक संकट आउने बताए । गत महिना सरकारले निर्यातमुखी क्षेत्रका मजदुरको तलब भुक्तानीका लागि ५८ करोड ८० लाख अमेरिकी डलरबराबरको राहत प्याकेज घोषणा गरेको थियो, तर गार्मेन्ट उद्योगीहरूले सरकारी प्याकेज अपर्याप्त रहेको गुनासो गरेका थिए ।

आइतबार ढाकाका सडकमा लकडाउनकै बीच सामाजिक दूरीको समेत बेवास्ता गर्दै सयौँ गार्मेन्ट मजदुरले प्रदर्शन गरेका थिए । उनीहरले कामबाट विमुख भएका दिनको समेत ज्याला पाउनुपर्ने माग राखेका थिए । उनीहरूले आफ्नो माग पूरा नगरिए लकडाउनको उल्लंघनलाई जारी राख्ने बताएका छन् । बंगलादेशमा कोरोना भाइरसबाट पाँच हजार नौ सयजना संक्रमित भएका छन् । अहिलेसम्म एक सप ५२ को मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com