कोरोनाविरुद्ध लड्न दक्षिण अफ्रिका पुगे,क्युवाका दुई सय चिकित्सक


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

क्युवाका दुई सयभन्दा बढी चिकित्सक कोरोना भाइरसविरुद्ध लड्न सहयोग पुऱ्याउन दक्षिण अफ्रिका पुगेका छन् । उक्त टोलीमा क्युवाले कोभिड– १९ को उपचारमा सहयोग पुऱ्याउन विश्वका विभिन्न २२ वटा देशमा पठाएका एक हजार दुई सय स्वास्थ्यकर्मीमध्येका छन् । दक्षिण अफ्रिकाले अर्को महिनादेखि लकडाउनका प्रतिबन्ध खुकुलो बनाउने बताएको छ ।

सुरुमा करिब १५ लाख मानिसलाई काममा फर्किन अनुमति दिइनेछ, केही विद्यालय खुल्नेछन् र अन्य केही आवश्यक सेवाका सञ्चालन गरिनेछ । तर, मदिराको बिक्री र सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्ध भने यथावत् नै रहनेछ ।

एक बिन्दुमा बेलायतको जस्तै संक्रमणको अवस्था रहेको दक्षिण अफ्रिकामा भाइरसको विस्तारमा आएको सुस्तताले त्यहाँ पर्यवेक्षक अचम्मित भएको जोहान्सबर्गका एन्ड्रयु हार्डिङलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

दक्षिण अफ्रिकाको वैज्ञानिक टिमको नेतृत्व गरिरहेका प्रोफेसर सलिम अब्दुल करिम्बेले त्यहाँका सामाजिक रूपले सबैभन्दा कमजोर र भाइरस संक्रमण फैलिन सक्ने सम्भावना रहेको समुदायलाई लक्षित गरी आफूहरूले काम गरिरहेको बताएका छन् । त्यहाँ हालसम्म चार हजार तीन सय ६१ जना भाइरसबाट संक्रमित भएका छन्, जसमध्ये ८६ जनाको मृत्यु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति सिरिल रामाफोसाले भाइरसको संक्रमणको चरम बिन्दु अगस्टसम्ममा पुग्न सक्ने भन्दै तत्कालै सबै प्रतिबन्ध हटाउन नहुने चेतावनी दिएका छन् । क्युवाली चिकित्सक आइतबार राति जोहान्सबर्ग पुगेका थिए । उनीहरूलाई त्यहाँको स्वास्थ्य विभागले दक्षिण अफ्रिकाका विभिन्न प्रान्तमा पठाउने क्युवाका राजदूत रोडोल्फो बेनिटेज भर्जनले बताए ।

दक्षिण अफ्रिकामा श्वेत अल्पसंख्यकको शासन हटाउन क्युवाले सहयोग गरेदेखि यी दुई देशबीच घनिष्ठ सम्बन्ध छ । जुन शासन सन् १९९४ मा नेल्सन मन्डेला राष्ट्रपति निर्वाचित नहुँदासम्म थियो । क्युवा विश्वभर मेडिकल डिप्लोमेसी (चिकित्सा कूटनीति) का लागि प्रख्यात छ ।

यता, राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी सरकारले क्युवाले चिकित्सकहरूको शोषण गरेको भन्दै यस देशको मेडिकल मिसनलाई स्वीकार नगर्न अन्य देशहरूलाई आग्रह गरिरहेको छ । तर, हभानाले अमेरिकाले लगाएको आरोप अस्वीकार गर्दै आइरहेको छ ।

क्युवामा कोरोना भाइरस संक्रमितको संख्या एक हजार तीन सय ३७ पुगेको छ र ५१ जनाको मृत्यु भएको छ । यहाँ जनसंख्याको अनुपातमा विश्वका सबैभन्दा धेरै चिकित्सक छन्, यस देशले भाइरसको संक्रमण फैलिनभन्दा अगाडिदेखि नै यसको नियन्त्रणका लागि तयारी गरेको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार महामारीविरुद्ध लड्न समुदायमा आधारित प्राथमिक स्वास्थ्य सेवा र यसको रोकथामका लागि प्रसिद्ध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com