स्पेन र इटालीमा मृतकको सङ्ख्या निरन्तर घट्दै, लकडाउन खुकुलो हुँदै


प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार

कोरोनाभाइरस (काेभिड-१९) काे महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ ।

स्पेनमा गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको छ । आइतबार स्पेनमा कोरोना संक्रमणका कारण २८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन गत मार्च २० तारिखयताकै सबैभन्दा कम हो । शनिबार त्यहाँ ३ सय ७८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।

कोरोना कहर कम हुँदै गएपछि त्यहाँ बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति समेत दिइएको छ । आइतबार स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएर खुल्ला हावामा स्वास लिँदै रमाए ।

लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इटालीमा पनि खुकुलाे पार्ने तयारी

उता इटालीमा पनि कोरोना भाइरसका नयाँ केस र दैनिक मृत्युसंख्या घट्दै गएको छ । यससँगै त्यहाँका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरू गरिने बताएका छन् ।

टेलिभिजन सम्बोधनमा कोन्टेले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताए । उनका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउनेछन् । पार्कहरू खोलिनेछन् तर विद्यालयहरूले सेप्टेम्बरसम्म कक्षा सुरु गर्न पाउने छैनन् ।

इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु पनि इटालीमै भएको छ । इटालीमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका कारण २६० काे मृत्यु भएकाे छ । अहिलेसम्म इटालीमा कोरोना भाइरसका कारण २६ हजार ६४४ जनाको ज्यान गइसकेको छ भने स्पेनमा २३ हजार १९० जनाको ज्यान गएको छ । (बिबिसीकाे सहयाेगमा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com