२५ हजार भारतीय श्रमिक एक महिनादेखि समुद्रभित्र डुंगामै


प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार

एक महिनादेखि मैलुपल्ली पोलिसु आफ्नो डुंगासहित गुजरातको भेरभल बन्दरगाहमै रोकिएका छन् । पोलिसु २५ हजार माझी (माछा मार्नेहरु)मध्ये एक हुन्, जो गत माचृ २४ देखि भारतको गुजरातमा पर्ने समुद्री तटबाट छिर्न पाएका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी लकडाउन घोषणा गरेदेखि नै यी माझीहरु समुद्रमै रोकिएका हुन् ।

महाराष्ट्र, आन्द्र प्रदेश, उत्तर प्रदेश, बिहार, गुजरात लगायत राज्यबाट माझीहरु हरेक वर्ष अगस्ट महिनामा समुद्रमा महिनामा यसै गरी माछा मार्न जाने गर्छन् । आफ्नो जीवीकोपार्जनका लागि अगस्टमा माछा मार्न गएर मार्चमा फर्कने गर्छन् ।

‘हामीसँग सिमित मात्रै पिउने पानी छ, डुंगामा ट्वाइलेटको सुविधा छैन, दुई छाक मात्रे खाना पाएका छौँ, जसरी पनि हामी छिटो घर पुग्न चाहने एउटै चाहना छ,’ पोलिसुले भने । भारत सरकारले लकडाउनको घोषणा गर्दा गुजरात, महाराष्ट्र र कर्नाटकामा यस्ता हजारौँ माछा मार्ने श्रमिकहरु समुद्रमै थिए । जो अहिलेसम्म फर्कन सकेका छैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com