भोकालाई खाना खुवाउन दाजुभाइले बेचिदिए जमिन


प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार

भारतको कर्नाटक राज्यको कोलारमा बस्ने दुई दाजुभाइ मुजम्मिल र तजम्मुलले लकडाउनमा गरिबलाई खाना खुवाउनका लागि २५ लाखमा आफ्नो सम्पत्ति बेचेका छन् ।

मुजम्मिल कान्छा भाइ हुन् 

३७ वर्षका मुजम्मिलले बीबीसीसँग भने, ‘हामीलाई लाग्यो कि धेरैजसो मानिस गरिब छन्, उनीहरुसँग खानका लागि केही पनि छैन । कुनै समयमा हामी पनि असाध्यै गरिब थियौं । कसैल पनि हामीमाथि भेदभाव गरेनन्, सहयोग नै गरे ।’

जब यी दाजुभाइलाई लकडाउनका कारण धेरैजसो गरिब भोकमरीसँग जुधिरहेको भन्ने महसुस भयो तब उनीहरुले आफ्नो जमिनको टुक्रा नै बेच्ने निर्णय लिए । उक्त जग्गामा उनीहरुले आफ्नो बगानका वस्तु भण्डार गर्दथे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुजम्मिल भन्छन्, ‘हामीले जमिनको त्यो टुक्रा एक साथीलाई बेचिदियौं । ऊ निकै उत्कृष्ट व्यक्ति हो, उसले हामीलाई त्यो जमिनको साटो २५ लाख भारु दिए । यतिबेला अन्य धेरै साथीहरुले पनि आ–आफ्नो तर्फबाट सहयोग गरे । कसैले ५० हजार दिए त कसैले १ लाख । अहिलेसम्म कति रकम खर्च भयो भनेर भन्नु ठिक होइन । यदि ईश्वरलाई थाहा छ भने त्यो नै पर्याप्त छ ।’

कुनै भेदभाव बिना नै मद्दतः

उनी भन्छन्, ‘हामीले गरिबलाई खाना दिन सुरु गर्यौं र कोही समस्यासँग जुधिरहेका छन् भन्ने थाहा हुन्छ तब हामी ती व्यक्तिलाई १० किलो चामल, २ किलो आटा, एक किलो दाल, एक किलो चिनी, सय–सय ग्राम गरेर धनिया, रातो खुर्सानी, बेसार, नुनका साथै साबुनलगायतका सामान प्रदान गर्छौं ।’

रमजान सुरु भएको दुई दिन भइसकेको छ र यी दुई दिनमा साढे दुई हजारदेखि तीन हजार व्यक्तिलाई खानको प्याकेट दिइएको छ र आवश्यक सामान पनि ।

यी दुई दाजुभाइले निकै सानो उमेरमा आफ्ना बुवालाई गुमाएका थिए । बुवाको मृत्यु हुँदा दाइ चार वर्षका थिए भने भाइ तीन वर्षका थिए । तर दुःखको सिलसिला यत्तिमा मात्रै सिमित भएन । बुवा बितेको ४० दिनमात्रै भएको थियो, आमाको पनि निधन भयो । यी दुईलाई उनीहरुका हजुरआमाले हुर्काएकी हुन् ।

एक स्थानीयले उनीहरुलाई मस्जिदमा बस्न स्थान दिए । मस्जिद नजिकै एउटा मण्डी थियो जहाँ दुई भाइले काम गर्न सुरु गरे । मुजम्मिल भन्छन्, ‘हामी खासै पढेलेखेका छैनौं । सन् १९९५–९६ मा हामीले हरेक दिन १५ देखि १८ रुपैयाँ कमाउँथ्यौं । केही वर्षपछि मेरा दाइले मण्डी सुरु गर्नेबारे सोचे ।’

ती दुई दाजुभाइले थप मण्डी सुरु गरे । उनीहरु आन्ध्र प्रदेश र तमिलनाडुबाट पनि केरा ल्याउँछन् र डिलरसँग थोक व्यापार गर्छन् । स्रोतः बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com