सार्वजनिक स्थानमा मास्क नलगाए कारबाही


प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार

कोरोना भाइरसको महामारीलाई थप फैलिन नदिन चीनले केही नयाँ नियम लागू गरेको छ । महामारीका वेला सरसफाइ कायम राख्न चीनले सार्वजनिक स्थानमा लागू हुने किसिमका केही मापदण्ड जारी गरेको हो ।

अब कुनै पनि मानिसले मुखमा हात, टिस्यु वा मास्क नराखी सार्वजनिक स्थानमा हाच्छ्युँ गरेमा कारबाही हुनेछ । सार्वजनिक स्थानमा चुरोट पिउन पनि प्रतिबन्ध गरिएको छ ।

सार्वजनिक स्थानमा मास्क नलगाई जानसमेत प्रतिबन्ध लगाइएको छ । नियम मिच्नेलाई कडा कारबाही गरिने जनाइएको छ ।

त्यस्तै, सार्वजनिक स्थानमा कपडा नलगाएर वा आधा शरीरमा मात्रै लुगा लगाएरसमेत हिँड्न प्रतिबन्ध गरिएको छ । सार्वजनिक स्थानमा थुक्न, कुकुर एवं अन्य घरपालुवा जनावर छोड्नसमेत प्रतिबन्ध गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यीलगायतका तोकिएका अन्य सार्वजनिक स्थानका मापदण्डहरू उल्लंघन गर्नेहरूलाई प्रहरीले कडा कारबाही गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । (एजेन्सी )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com