भारतमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो, ८२५ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार

Coronavirus on scientific background

भारतमा कोरोना भाइरस संक्रमणको गति बढिरहेको छ । त्यहाँ शनिबार कोरोना संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ । शुक्रबार त्यहाँ हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण ८२५ जनाको मृत्यु भइसकेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या पनि २६ हजार २८३ पुगेको छ ।

शनिबार एकै दिन भारतमा १ हजार ८३६ नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार १ हजार ४०८ नयाँ संक्रमित भेटिएका थिए । यससँगै ५ हजार ९३९ जना भने पूर्ण रूपमा निको पनि भइसकेका छन् । बाँकी १९ हजार ५१९ जना संक्रमित हाल उपचाररत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com