विश्व स्वास्थ्य दिवसमा ओम अस्पतालले स्वास्थ्य शिविर गर्ने


प्रकाशित मिति : चैत्र २१, २०७३ सोमबार

ओम अस्पताल र मैजुबहाल सेवा समाजको सहकार्यमा बुधवार राजधानीमा बृहत् स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।

आइडियल इंग्लिश सेकेण्डरी स्कूलको प्रांगणमा सञ्चालन हुने शिविरमा स्त्री रोग, नाक, कान, घाँटी, हाड तथा जोर्नी, सामान्य चिकित्सिा साथै दन्त रोग र अन्य रोग सम्बन्धमा वरिष्ठ चिकित्सकहरुद्धारा निशुल्क स्वास्थ्य परीक्षण गरी परामर्श सेवा समेत दिइने ओम अस्पतालले जनाएको छ ।

विहान ८ बजेबाट सुरु हुने शिविर दिउँसो ३ बजे सम्म चल्नेछ ।

नव वर्ष २०७४ साथै विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा शिविर संचालन गर्न लागिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com