क्यानडा गोलीकाण्डमा मृतकको संख्या कम्तीमा १६


प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार

क्यानडाको नोभा स्कोटियामा बन्दुकधारीले गोली चलाउँदा मृतकको संख्या कम्तीमा १६ पुगेको छ । ५१ बर्षको एकजना पुरुषले गोली चलाएको जनाइएको छ । सन्दिग्ध आक्रमणकारीको पनि प्रहरी कारवाहीमा मृत्यु भएको छ ।

ग्याब्रियल वर्टम्यान नाम गरेको उक्त व्यक्तिलाई प्रहरीले भाग्नखोज्दा गोली हानेर पक्राउ गरेको थियो । पछि प्रहरीले उक्त व्यक्तिको पनि मृत्यु भएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले आक्रमणको उद्देश्यबारे केही बताएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा एकजना रोयल क्यानेडियन माउन्टेन पुलिसका अधिकारीसमेत रहेको जनाइएको छ ।

क्यानेडियन प्रधानमन्त्री जस्टिन टु्रडोले घटनाबारे ट्वीट गर्दै घटनाबारे दुख व्यक्त गरेका छन् ।

तस्वीरमा आक्रमणकारीले चढेको कार ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com