चीनले झण्डै एकतिहाई मृत्यु लुकाएको खुलासा, आज थप १२९० मृत्यु सार्वजनिक


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

अन्तत चीनका अधिकारीहरुले वुहानमा मृत्यु भएका थप १२९० जनाबारे सार्वजनिक गरेका छन् । चीनमा कोरोनाभाइससका कारण मृत्यु भएकामध्ये यी झण्डै एकतिहाईको मृत्यु सार्वजनिक गरिएको थिएन ।

अप्रिल १७ सम्म चीनमा ३३४२ जनाको मात्र मृत्यु भएको रिपोर्ट सार्वजनिक गरिएको थियो । शुक्रबारमात्रै मृतकको संख्या १२९० थपेपछि अब चीनमा मृतकको संख्या ४६३२ पुगेको  छ । पहिले वुहानमा २५७९ को मृत्यु भएको चीनले रिपोर्ट गरेको थियो ।अब वुहानमामात्र मृतकको संख्या ३८६९ पुगेको छ ।

अधिकारीहरुले यी मृत्युहरु सुरुमा गणना नगर्नुको कारण उनीहरु घरमै मरेको बताएका छन् । स्वास्थ्यकर्मीहरु मृतकको संख्या गणना गर्नुभन्दा पनि उपचारमा नै केन्द्रीत भएकाले यस्तो भएको उनीहरुले दावी गरेका छन् ।

चीनका अधिकारीहरुले कोरोनाको महामारी सम्बन्धि तथ्यांक परिवर्तन गरेको यो पहिलोपटक होइन । जनवरी र फरबरीमा पनि उनीहरुले तीनपटक गणना परिवर्तन गरेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यसैबीच अमेरिकाको खुफिया अधिकारीहरुले कोरोना भाइरस बजारबाट नभई चीनको ल्याबबाट फैलिएको हुनसक्नेबारे अनुसन्धान सुरु गरेका छन् । यद्यपी यसबारे कुनै निष्कर्ष भने निकालिएको छैन ।

अमेरिकाले यो भाइरस बायो हतियार भएको कुरामा विश्वास गर्दैन तर अमेरिकाको खुफियाले कोरोनाभाइरस चीनको ल्याबमा उत्पादन गरिएको र दुर्घटनावश बाहिर आएको भन्ने सिद्धान्तबारे अनुसन्धान गरिरहेको छ ।

अमेरिकाले चीनको ल्याबमा दुर्घटनावश कोही व्यक्ति संक्रमित भएका कारण वा कमजोर ह्याण्डलिङका कारण कोरोना भाइरस फैलिएको हुनसक्ने सिद्धान्तको तथ्य जाँच गर्न सुरु गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com