कोरोनाबाट मृत्यु हुने भन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

विश्वभर अहिले कोरोना भाइरस {कोभिड-१९} महामारीले सन्त्रास मच्चाइरहेको छ । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको यो महामारी अहिले विश्वका सबैजसो देशमा फैलिसकेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २० लाख ८२ हजार १०९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै ८० हजार नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण १ लाख ३४ हजार ६०३ जनाले ज्यान गुमाएका छन् । कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा कोरोनाको संक्रमण भएको छ ।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार बढी रहेको छ । बुधबार मात्रै अमेरिकामा ३० हजार नयाँ संक्रमित थपिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । अहिलेसम्म त्यहाँ २८ हजार ५२९ बढीको मृत्यु भइसकेको छ । त्यहाँ बुधबार मात्रै २ हजार ४ सयभन्दा बढीको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएको छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ७४ हजार बढी संक्रमित भएका छन् । बुधबार मात्रै त्यहाँ ६ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा अहिलेसम्म १८ हजार ८१२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र मात्रै त्यहाँ कोरोनाका कारण ५५७ सय जनाको मृत्यु भएको छ ।

इटालीको अवस्था पनि स्पेनको जस्तै भयावह छ । बिहीबार बिहानसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ५७६ जनाको मृत्यु भएको छ ।

इटालीमा अहिलेसम्म १ लाख ६५ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् । बुधबार मात्रै त्यहाँ साढे २ हजार नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्सलाई पनि कोरोनाले भयावह बनाएको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण १७ हजार १६७ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ । मंगलबार मात्रै त्यहाँ ४ हजार ५६० जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना बढी संक्रमण हुने अर्को देश हो, जर्मनी । तर जर्मनीमा अरू देशको तुलनामा मृत्यु हुनेको संख्या कम र निको हुनेको संख्या बढी रहेको छ ।

अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ । तीमध्ये ३ हजार ८०४ जनाको मृत्यु भएको छ । बुधबार मात्रै त्यहाँ ३०९ जनाको मृत्यु भएको छ ।

तर कोरोना भाइरसको संक्रमण हुँदैमा ज्यान गइहाल्छ भनेर डराउनुपर्ने विघ्न कारण भने छैन । काेराेना लागेकाहरूमध्ये मर्नेकाे संख्याभन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी रहेकाे छ । संक्रमितमध्ये ६.४६ प्रतिशतकाे मात्रै मृत्यृ भएकाे छ भने २४.४८ प्रतिशत पूर्णरूपमा निकाे भएका छन् ।

दीर्घरोगी, वृद्धवृद्धा, सुगर, मृर्गौला, दमजस्ता गम्भीर रोगका बिरामीको मर्ने सम्भावना बढी रहेको भए पनि युवाहरू, स्वस्थ मानिस र इम्युन सिस्टम बलियो भएकाहरू कोरोना संक्रमण भएर पनि चाँडै निको हुने विज्ञहरूले बताउँदै आएका छन् ।

हालसम्म कोरोना संक्रमितमध्ये विश्वभर ५ लाखभन्दा बढी निको भइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट पूर्णरूपले निको भएकाको संख्या ५ लाख १० हजार ४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसरी निको हुनेको संख्या कोरोनाको उद्गमस्थल चीनमा नै धेरै रहेको छ । त्यहाँ कुल संक्रमित ८२ हजार २९५ हजार रहेकोमा ७७ हजार ८१६ जना पूर्ण रूपले निको भइसकेका छन् । बाँकी १ हजार १३७ जना संक्रमण यथावत छ ।

चीनमा अहिलेसम्म ३ हजार ३४२ जनाको ज्यान गइसकेको छ । यसरी हेर्दा चीनमा कोरोना संक्रमणबाट ३ हजारको ज्यान जाँदा ७७ हजार भने निको हुनु सुखद पक्ष हो ।

त्यसपछि कोरोनाबाट निको हुनेमा जमर्नी रहेको छ । जमर्नीमा कोरोना संक्रमितको मृत्युदर असाध्यै कम रहेको छ । अहिलेसम्म जर्मनीमा ७२ हजार ६ सय पूर्णरूपमा निकाे भइसकेका छन् । त्यहाँ अहिले ५८ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।

उता स्पेनमा पनि पूर्णरूपमा निकाे हुनेकाे संख्या धेरै नै रहेकाे छ । अहिलेसम्म स्पेनमा ७० हजार ८५३ जना पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ९० हजारमा काेराेना सक्रिय रहेकाे छ ।

सबैभन्दा बढी काेराेना संक्रमण हुने अमेरिकामा भने ७.५६ प्रतिशत मात्रै पूर्णरूपमा निकाे भएकाे पाइन्छ । अहिलेसम्म त्यहाँ ४८ हजार ७१० जना पूर्णरूपमा निकाे भएका छन् र त्यहाँ साढे ६ लाख काेराेना संक्रमित रहेका छन् ।

इटाली र फ्रान्समा पनि निकाे हुनेकाे संख्या आस लाग्दाे नै छ । अहिलेसम्म इटालीमा ३८ हजार र फ्रान्समा ३१ हजर पूर्णरूपमा निकाे भइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com