एउटा लेखले चीन र फ्रान्सबीच विवाद चुलियो


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

फ्रान्स र चीनको बीचमा शुरू भएको कूटनीतिक विवाद झन् चुलिँदै गएको छ । यो तत्काल रोकिएका जस्तो देखिँदैन । चिनियाँ दूतावासको वेबसाइटमा अझै एउटा लेख किन छ भनेर फ्रान्सेली सीनेटरहरूले सोधेका छन्, जुन लेखबाटै विवाद सुरु भएको थियो ।

फ्रान्सको विदेश मन्त्रालयले पेरिसमा रहेका चिनियाँ राजदूतलाई बोलाएर यस लेखका बारेमा सोधेको थियो । फ्रेन्च भाषामा लेखिएको यो लेख चिनियाँ दूतावासको वेबसाइटमा धेरै भागमा छापिएको छ । यसलाई चिनियाँ दूतावासले पनि ट्वीट गरेको छ ।

यस लेखमा चीनमा कोरोना भाइरस महामारीको बारेमा उठाएका कदमहरूको प्रशंसा गरिएको छ र पश्चिमी देशहरूको आलोचना गरिएको छ । यस विवादको समय फ्रान्सलाई असहज बनाउनेवाला छ किनभने फ्रान्सले चीनबाट कोरोना संक्रमण रोक्न ६० करोड मास्क माग गरेको थियो । त्यो आपूर्ति हुन अझै बाँकी छ ।

सुरुमा फ्रान्सले यस लेखको बारेमा मौनता राख्यो । तर पछि फ्रान्सको परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्यो । बुधबार धेरै फ्रान्सेली सिनेटरहरूले यो लेख चिनियाँ दूतावासको वेबसाइटबाट अझै किन हटाइएको छैन भनेर आपत्ति जनाएका थिए । बिबिसी हिन्दीबाट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com