भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३ पुग्यो, एकैदिन ३५ को मृत्यु


प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार

कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतमा मृत्यु हुनेको संख्या ३९३ पुगेको छ । हालसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ११ हजार ४८७ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा ३५ जनाको मृत्यु भएको छ भने एक हाजार ३४ जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार बिहानसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५८ थियो भने संक्रमितको संख्या १० हजार ४५३ थियो ।

भारतमा कुल संक्रमितमध्ये १ हजार ३५९ जना उपचारपछि निको भएका छन् । बाँकी ९ हजार ७५३ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।

पछिल्ला तथ्यहरूका अनुसार भारतमा महामारी नियन्त्रणका प्रयास प्रभावकारी नहुने हो भने यसले इटली र स्पेनकै जस्तो भयावह अवस्था निम्त्याउने त्यहाँका जनस्वास्थ्य विज्ञहरूले बताउँदैन आएका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा १९ दिन लकडाउन थपिएकाे छ । मंगलबार भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीले देशवासीकाे नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन थपिएको जानकारी गराएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com