कोरोना भाइरसबाट मृत्यु हुनेमा ७० प्रतिशत पुरुष !


प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार

संसारका लागि चुनौती बनेको कोरोना भाइरसले ठूलोसानो सबैलाई त्रासमा पुऱ्याइदिएको छ । यसबाट गाडीचालकदेखि देशचालक ‘प्रधानमन्त्री एवं मन्त्रीहरू’ संक्रमित भएका छन् । आँखाले देख्न सक्ने बनाउन लाखौँ गुणा ठूलो पार्नुपर्ने एउटा सानो आनुवंशिक टुक्राले लाखौँ मानिसलाई संक्रमित बनाइसकेको छ ।

हुन त कोरोना भाइरसबाट संक्रमित भएर निको हुनेहरूको संख्या पनि ठूलै छ । जो संक्रमण भएर निको हुन सकेका छैनन् उनीहरू मृत्युवरण गर्न बाध्य भएका छन् । यसमा लैंगिक भिन्नता पनि मुख्य रूपमा देखिएको छ ।

अमेरिकामा काेराेना संक्रमणबाट महिलाकाे तुलनामा दोब्बरभन्दा बढी पुरुषहरूले ज्यान गुमाइरहेका छन् । त्यस्तै पश्चिमी युरोप एवं चीनलगायतका अन्य देशहरूमा मृत्यु हुनेमा करिब ६९ प्रतिशत पुरुष रहेका छन् । केही दिनअघि इटालीले मृत्यु भइरहेकामा ७१ प्रतिशतभन्दा बढी पुरुष रहेको एक रिपोर्ट प्रकाशित गरेको थियो ।

लन्डनको युनिभर्सिटी कलेजमा अन्ना पुर्डीको नेतृत्वमा एक टोलीले यसबारे अनुसन्धान गरिरहेको छ । अहिलेसम्म कुनै ठोस कारण भने पत्ता लागेको छैन । अक्सफोर्ड विश्वविद्यालयका इम्युनोलोजीका प्रोफेसर, फिलिप गोल्डर भने महिलाको प्रतिरक्षा प्रणाली बलियो हुनु एक कारण रहेको बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिरक्षा प्रणालीको प्रतिक्रियामा विभिन्न हर्माेन र ‘एक्स क्रोमोजोम’ले केही महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मानव शरीरको जीवित कोषमा रहने क्रोमोजोम प्रोटिन र डिएनएबाट बनेको हुन्छ ।

कोरोनालगायतका भाइरसविरुद्ध सचेत गर्ने प्रोटिन एक्स क्रोमोजोममा हुन्छ, यसकारण पनि महिलामा हुने दुई क्रोमोजोमले प्रतिरक्षा प्रणालीको प्रतिक्रयालाई बलियो बनाएको हुन सक्ने प्रोफेसर गोल्भर बताउँछन् । महिलामा दुई एक्स क्रोमोजोम हुन्छन् भने पुरुषमा एउटा एक्स र अर्काे ‘वाई क्रोमोजोम’ हुन्छ ।

त्यस्तै अर्काे कारण, जीवनयापनको तरिकालाई पनि मानिएको छ । ‘जस्तो कि महिलाहरूको तुलनामा बढीजसो पुरुषहरूले धुम्रपान गर्ने गर्छन्, जसले अन्य रोगको सम्भावनालाई समेत बढाएको हुन्छ,’ गोल्डरले भने । यसले मृत्युदरमा महत्वपूर्ण भूमिका खेलेको हुन सक्ने उनको भनाइ छ । चीनमा करिब ५० प्रतिशत पुरुषले धुम्रपान गर्छन् भने करिब ५ प्रतिशत मात्रै महिलाले धुम्रपान गर्छन् ।

त्यस्तै पुरुषले महिलाको तुलनामा सरसफाइमा पनि कम ध्यान दिने गर्नुलाई यसको अर्काे कारण हुन सक्ने देखाइएको छ ।

तर, जोन्स हप्किन्स विश्वविद्यालयका प्रोफेसर डा. सब्रा क्लाइन भने महिलाको तुलनामा उल्लेख्य रूपमा पुरुषको मृत्यु हुनुमा ‘धुम्रपानबाहेकको अर्काे कुनै बायोलोजिकल कारण हुन सक्ने बताउँछन् ।

विभिन्न किसिमका भाइरसहरूविरुद्ध पुरुषको प्रतिरक्षा प्रणालीले देखाउने प्रतिक्रिया महिलाको भन्दा फरक हुन सक्ने र यसकारणले पनि बढी पुरुषको मृत्यु भएको उनको अनुमान छ । यद्यपि, महामारीको यस्तो अवस्थामा किटान नै गरेर मुख्य कारण यो हो भनेर तोक्न भने नसकिने विज्ञहरूको भनाइ छ । (बिबिसी र द गार्जियन)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com