बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्नो उपचारमा खटिरहेका ती डाक्टर र नर्सप्रति जीवनभरी कृतज्ञ रहने बताएका छन् ।उनले शनिबार एक वक्तव्य जारी गर्दै नेशनल हेल्थ सर्भिस (एनएचएस) का सेन्ट थोमस अस्पतालमा कार्यरत कर्मचारीलाई जतिपटक धन्यवाद दिएपनि त्यो कम हुने बताएका छन् ।
गत आइतबार अस्पताल भर्ना भएपछि उनले पहिलो पटक वक्तव्य जारी गरेका हुन् । कोरोनाभाइरसद्वारा संक्रमित पाइएको केही दिनपछि बोरिसलाई उपचारका लागि अस्पताल लगिएको थियो जहाँ उनलाई केही दिन अघि आइसीयूमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यस्थितीमा सुधार भइरहेको बताइएको छ । तर उनी स्वस्थ भइसकेको केही दिनसम्म पनि काम गर्न नसक्ने बुझिएको छ । यता उनको अनुपस्थितीमा विदेशमन्त्री डोमिनिकले उनको जिम्मेवारी सम्हालिरहेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।