प्रधानमन्त्रीलाई मंगेतरको चिठ्ठी : पठाइन् गर्भको बच्चाको स्क्यान
प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार
कोरोना भाइरसका संक्रमित बेलायतका प्रधानमन्त्री जोनसनलाई उनकी मंगेतरले गहन हेरचाहमा मनोबल बढाउनका लागि चिठ्ठी र गर्भमा रहेको बच्चाको स्क्यान पठाएकी छन् ।
प्रधानमन्त्री बोरिस कोरोना संक्रमण भएको कारण उनी र उनकी प्रेमिका क्यारी साइमन्ड्स एक हप्तादेखि अलग रहेका छन् । बेलायतमा अहिले दैनिक ९८० जनाको दरमा कोरोनाको संक्रमणबाट ज्यान जानेको रेकर्ड छ । जसले क्यारीलाई धेरै चिन्तित बनाएको छ । एक हप्तको आरामपछि कोरोना भाइरसको संक्रमणबाट मुक्त पाएकी क्यारीले बोरिस र उनको गर्भमा रहेको बच्चाको स्वास्थ्यको लागि कामना गेरकी छन् ।
बोरिसलाई आईसीयूबाट वार्डमा सारिएको छ । उनी हाल पनि अस्पतालमा नै छन् । द सनका अनुसार बोरिस र क्यारीले बोरिस अस्पतालमा भर्ना भएको एक हप्तादेखि एक अर्कालाई देख्न पाएका छैनन् ।
क्यारीले दुई महिनापछि बच्चा जन्माउने छिन् त्यसैले उनलाई उच्च जोखिममा रहेको भन्दै छुट्टिएर बस्न सुझाव दिएको छ । तर उनी आफ्नो प्रेमी अर्थात पतिसंगको निकटता कायम राख्न बिभिन्न तवरबाट सम्पर्कमा नै रहेकी छिन् ।
अहिले खतरा मुक्त अवस्थामा रहेका बोरिस पनि अस्पतालबाट छुटकारा पाउन आतुर छन् । तर उनको यो आतुरतालाई सेन्ट जोसेफ अस्पतालका चिकित्सकहरुले छिटो र घातक हुन सक्ने भन्दै रोकेका छन् ।






