कोरोना भाइरसका संक्रमितको उपचार गर्नेक्रममा इटालीमा एक सय जना चिकित्सक र २६ नर्सको मृत्यु भएको छ । इटालियन एसोसिएन अफ डक्टर्सले कोरोनाका कारण इटालीमा एक सय जना चिकित्सकको मृत्यु भएको पुष्टि गरेको हो।
६ हजार ५ सय ४९ जना नर्स कोरोना भाइरसका कारण संक्रमित भएको इटालियन फेडेरेसन अफ नर्सले जनाएको छ। इटालियन इन्स्टिच्युट अफ हेल्थका अनुसार कोरोनाका कारण १२ हजार ६ सय ८१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। व्यक्तिगत सुरक्षात्मक सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिममा काम गर्न बाध्य भएका छन् ।
इटालीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ हजार ६९९ पुगेको छ भने अहिलेसम्म १ लाख ३९ हजार ४२२ जना संक्रमित छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।