स्वास्थ्यकर्मीहरूको सुरक्षा जोखिममा : विश्व स्वास्थ्य संगठन
प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले प्रकाशन गरेको नयाँ प्रतिवेदनले कोरोना भाइरसको महामारी कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको र यसबाट खासगरी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरू रहेको जनाएको छ ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले ‘विश्वका नर्सहरूको स्थिति प्रतिवेदन २०२०’ सार्वजनिक गर्दै नर्सहरू सबै स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको बताए ।
विश्वभर हाल दुई करोड ८० लाख नर्स कार्यरत छन्, जब कि विश्वमा अहिले ५९ लाख नर्सको कमी छ । नर्सको कमी सबैभन्दा बढी अफ्रिका, दक्षिणपूर्व एसिया, पूर्वी भूमध्यसागरीय क्षेत्र र दक्षिण अमेरिकामा छ ।
विश्व स्वास्थ्य दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले मानव स्वास्थ्यका लागि विश्वभरका सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेकोमा त्यसको उच्च प्रशंसा गरेका छन् ।






