झण्डै तीन महिनापछि वुहानमा हटाइयो लकडाउन,शून्यमा झ-यो मृत्यु


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन झण्डै तीन महिनापछि हटाइएको छ ।
साेमबार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेकाे देखिएपछि मंगलबार प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको बिबिसीले जनाएको छ । तर मंगलबार फेरि २ जनाकाे काेराेना कारण ज्यान गएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ ।

गत जनवरीदेखि वुहान सहर पूर्णतया लकडाउनमा थियो । त्यहाँ महामारी नियन्त्रण आइसकेकोले लकडाउन खुकुलो पारिएको बताइएको छ । यससँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन् ।

पहिलोपटक वुहानभित्र बन्दी अवस्थामा रहेका मानिसहरु अब अन्यत्र सहरमा जान सक्नेछन् । तर स्मार्टफोनमा व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएकाहरूले मात्र यो सुविधान पाउनेछन् ।

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा गत जनवरी २३ देखि पूर्णतया सबैजसो व्यापार, व्यवसाय, यातायातका साधन बन्द गरिएको थियो । मानिसहरुलाई हिडडूल गर्न समेत बन्देज लगाइएको थियो । अब विस्तारै वुहान सहरको दैनिकी पुरानै लयमा फर्कन थालेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले चीनमा १ हजार १९० जनामा मात्र काेराेना भाइरसकाे संक्रमण कायम रहेकाे छ । ती वुहानभन्दा पनि अन्यत्र विभिन्न सहरमा ‘इम्पाेर्टेड केस’काे रहेकाे जनाइएकाे छ । चीनमा हालसम्म संक्रमितमध्ये ७७ हजार २७९ जना निकाे भइसकेका छन् भने ३ हजार ३३३ जनाकाे ज्यान गएकाे छ । स्राेत: वर्ल्डाेमिटर्स

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com