महिलाका लागि सबैभन्दा ठूलो खतरा आफ्नै घरमा हुन्छ : राष्ट्र संघ प्रमुख


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले कोरोना भाइरसको महामारीका समयमा विश्वव्यापी रूपमा घरेलु हिंसामा वृद्धि भएको बताएका छन् । उनले महिलामाथि हुने हिंसा रोक्ने प्रयास गर्न पनि सरकारहरूलाई आग्रह गरेका छन् ।

‘हामीलाई थाहा छ, लकडाउन र क्वारेन्टाइन कोभिड– १९ को नियन्त्रणका लागि आवश्यक छन्, तर यसले हिंसाका लागि महिलालाई ट्रयापमा पार्न सक्छ, धेरै महिला र केटीहरूका लागि सबैभन्दा ठूलो खतरा आफ्नै घरमा हुन्छ, जहाँ उनीहरू सुरक्षित हुनुपर्छ,’ गुटरेसले ट्विटरमा भिडियो सन्देशमार्फत यस्तो बताएका हुन् ।

‘केही देशमा सहयोगका लागि फोन गर्ने हिंसापीडित महिलाहरूको संख्या लकडाउनका समयमा दोब्बर भएको छ, तर स्वास्थ्य सेवा प्रदायकहरू र प्रहरीहरू महामारी नियन्त्रणतर्फ मात्र ध्यान दिइरहेका छन् ।स्थानीय सहयोगी समूहहरू अहिले काम गर्न सक्ने अवस्थामा छैनन् वा उनीहरूलाई आर्थिक अभाव छ।’ राष्ट्र संघ प्रमुखले भने ।

Peace is not just the absence of war. Many women under lockdown for #COVID19 face violence where they should be safest: in their own homes. Today I appeal for peace in homes around the world. I urge all governments to put women’s safety first as they respond to the pandemic. pic.twitter.com/PjDUTrMb9v
— António Guterres (@antonioguterres) April 6, 2020

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले दुर्व्यवहार गर्नेलाई कारबाही गर्न, फार्मेसी, किराना पसलहरूमा आपत्कालीन सेवा प्रणाली स्थापना गर्न र महिला सेल्टरहरूलाई आवश्यक सेवा प्रदान गरी हिंसापीडित महिलालाई सहयोग पुऱ्याउने गरी काम गर्न विश्वभरका सरकारलाई आग्रह पनि गरेका छन् ।

‘विश्व शान्तिका लागि कोभिड– १९ को नियन्त्रणसँगै हामीले एकसाथ युद्ध क्षेत्रदेखि घरसम्म जताततै हिंसा रोक्नैपर्छ,’ उनले भनेका छन् । ‘म सबै सरकारलाई कोभिड– १९ को नियन्त्रणसँगै महिलाविरुद्ध हुने हिंसा रोकथाम र निवारणलाई पनि जोड दिन आग्रह गर्छु ।’

जर्मनी, फ्रान्सलगायतका देशले कोरोना भाइरस फैलिन नदिन आवागमनमा लगाइएको प्रतिबन्धका बीच घरेलु हिंसा बढ्न सक्ने खतरा निकै रहेको चेतावनी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com