गायिका कनिकाविरुद्ध भाइरस फैलाएको आरोपमा मुद्दा !


प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार

एजेन्सी/ बलिउडकी चर्चित गायिका कनिका कपुरबिरुद्ध सार्वजनिक रुपमा कोरोना भाइरस फैलाएको आरोपमा मुद्धा लागेको छ । कोरोना भाइरस संक्रमण भएकी गायिका कपुर हालै निको भएर घर फर्किएकी छन् । १४ दिनको उपचारपश्चात सोमबार मात्रै घर पुगेकी उनलाई कोरोना भाइरस संक्रमण भएको बेला पनि कन्सर्ट गरेर रोग फैल्याएको आरोपमा मुद्धा लागेको हो ।

गायिका कपुरले अहिले अस्पतालबाट छुट्न नपाउँदै अदालतको समस्या भोग्नुपरेको छ । लण्डनमा रहँदा कोरोना भाइरस संक्रमण भएकी उनी भारत फर्किएपछि क्वारेन्टाइनमा नबसी सार्वजनिक कार्यक्रममा हिडेको आरोप लागको छ ।

मुद्धापछि अदालतले गायिका कपुरलाई हाजिर हुन पुर्जीसमेत काटिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनलाई १४ दिन भित्रमा अदालतले उपस्थित हुन उर्दी गरेको छ । मार्च ९ मा भारत आएकी कनिकालाई २० मार्चमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनीसँग हेलमेल भएका ६ सयभन्दा बढी सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com