कुनैपनि लक्षणविना दार्जिलिङका एकै परिवारका ४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । दार्जिलिङको कालेबुङस्थित एक महिलाको गत सोमबार मृत्यु भएको थियो । उनको मृत्यु पश्चात परिवारका अन्य सदस्यको स्वास्थ्य परीक्षण गर्दा चारै जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको बताइएको छ ।
परीक्षण गरिएका चारै जनामा कोरोना भाइरसको कुनै पनि लक्षण देखिएका थिएनन् । यद्यपि उनीहरुमा गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको उत्तर बंगाल मेडिकल कलेजले पुष्टि गरेको छ ।
हाल उनीहरुलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।