अस्थायी शिक्षकको समस्या एक हप्तामा समाधान हुन्छः शिक्षामन्त्री


प्रकाशित मिति : चैत्र १७, २०७३ बिहीबार

शिक्षा नियामावलीमा देखिएका समस्या मन्त्रीपरिषदमा छलफल गरेर समाधन खोजिने शिक्षामन्त्री धनीराम पौडेलले बताउनु भएको छ ।

एबीसी न्यूजको नियमित टक सो एबीसी वाचमा कुरागर्दै शिक्षामन्त्री पौडेलले शिक्षा नियमावली २०७३ शिक्षा ऐन २०२८ अनुसारनै बनेकाले यो मन्त्रीपरिषदमा पेश हुने र मन्त्री परिषदले नै नियमावलीमा आवश्यक परिवर्तन गर्ने बताउनु भएको हो ।

शिक्षा नियमावली संघियताको ढाँचा अनुसार नभएको भन्दै शिक्षा मन्त्रालयले पेश गरेको नियमावली प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दर्ता गरेको छैन् । तर शिक्षामन्त्री पौडेलले भने शिक्षा ऐन परिवर्तन गर्ने अधिकार आफूसँग नभएकाले ऐन अनुसारनै नियमावली बनाइएको तर्क गर्नु भएको छ । शिक्षा नियमावलीलाई छिटो भन्दा छिटो अन्तिम रुप दिइने उहाँको भनाई छ ।  

शिक्षा नियमावली समयमै नबन्दा अस्थायी शिक्षकसँग यसअघि भएका सहमति कार्यान्वयन हुन सकेका छैनन् । अस्थाइ शिक्षकलाई रिक्त दरबन्दीको ५० प्रतिशत आन्तरिक प्रक्रिया र बाँकीलाई गोल्डेन ह्याडसेक दिएर विदा गर्नेलगायतका सहमति पालना नभए स्थानिय तहको निर्वाचनलाई असहयोग गर्ने नेपाल शिक्षक महासंघ लगायतका संस्थाले चेतावनी दिदै आएका छन् ।

तर शिक्षामन्त्री पौडेलले भने अबको एक हप्ताभित्र शिक्षक सेवा आयोगमार्फत अस्थायी शिक्षकको समस्या समाधान गर्ने दाबी गर्नु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com