१५ हजार बढीको मृत्यु भएपछि इटालीमा देखियाे पहिलो आशाको किरण…


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

कोरोना भाइरस महामारीले संसारभर भयावह स्थिति उत्पन्न भएको छ । युरोपेली देश इटालीले यस महामारीबाट सबैभन्दा बढी कहर भोगेको छ । अहिलेसम्म काेराेनाका कारण विश्वमा सबैभन्दा बढी मृत्यु इटलीमै भएकाे छ । इटालियन अधिकारीका अनुसार शनिबार यो भाइरसको कारण ६८१ जनाको मृत्यु भएको छ र कुल मृतकको संख्या १५ हजार ३६२ पुगेको छ । तर लामो समयपछि शनिबार इटालीमा आशाको पहिलो किरण पनि देखिएको छ ।

इटालीमा आम मानिसको सुरक्षा गर्ने निकाय ‘नागरिक सुरक्षा डिभिजन’का अनुसार त्यहाँ पहिलोपटक कोरोना संक्रमित नयाँ बिरामीको संख्यामा कमी आएको छ । हाल संक्रमितहरुको उपचार आइसियूमा राखेर चलिरहेको छ ।

इटालीको नागरिक सुरक्षा प्रभागका प्रमुख एन्जेलो बोर्रेलीले मिडियालाई भनेका छन् कि शुक्रबार इटालियाली अस्पतालमा गम्भीर बिरामीहरूको संख्या ४ हजार ६८ थियो, जुन शनिबार ३ हजार ९९४ मा सीमित भएको छ ।

एन्जेलो बोर्रेलीले भनेका छन्, ‘यो हाम्रा लागि एकदम महत्त्वपूर्ण डाटा हो । किनभने गम्भीर/खतरापूर्ण बिरामीहरूको संख्यामा पहिलोपटक कमी आएको छ । यो यसकारण पनि महत्त्वपूर्ण छ किनकि यसले हाम्रा अस्पतालहरूलाई थोरै भए पनि राहत मिल्नेछ । उनीहरूलाई सास फेर्ने अवसर पनि मिल्नेछ । जबदेखि हामीले आपतकालीन अवस्था भाेगेका छौं, पहिलोपल्ट गम्भीर बिरामीहरूको संख्या घटेको छ, यो सुखद संकेत हो ।’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

इटालियन सरकारको वैज्ञानिक परिषद्का प्रमुख फ्रान्को लोकोटेलीले भनेका छन् कि गम्भीर बिरामीहरूको संख्या घटाउन सक्नु पनि महत्त्वपूर्ण संकेत हो । तर यसको मतलब इटालीले जोखिमयुक्त अवस्था अवस्थामा पार गरिसकेको भन्ने होइन । उनले भने, ‘यसले पक्का गर्छ कि हामीले महामारी नियन्त्रणका लागि पछिल्लो समय अपनाइरहेका विधिहरू प्रभावकारी साबित हुँदै गएका छन् ।’

उपायहरू प्रभावकारी हुँदै

इटालीमा नयाँ संक्रमणका घटनाहरूमा पनि कमी आएको छ । शनिबार इटालीमा कोरोना भाइरसको संक्रमणका नयाँ घटना २ हजार ८८६ मा सीमित रहेको रिपोर्ट अअएको छ । हाल इटालीमा कुल ८८ हजार २७४ जना कोरोनाका सक्रिय बिरामीहरू रहेका छन् ।

आशा जगाउने अर्को कुरा, त्यहाँ संक्रमितहरु निको हुने क्रम पनि बढेको छ । शनिबार सम्म इटालीमा कुल २० हजार ९९६ बिरामीहरु उपचार पछि पूर्ण रुपमा निको भइसकेका छन् । कुल संक्रमित संख्याका हिसाबले पनि इटली अहिले स्पेनभन्दा पछि रहेकाे छ ।

इटालीको उत्तरी क्षेत्र लोम्बार्डी कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित छ । देशभरि कोरोना संक्रमितको ८५ प्रतिशत संक्रमित मानिसहरू यसै क्षेत्रका हुन् । र, अधिकांश मृत्यु पनि यही क्षेत्रमा भएको देखिन्छ ।

हाल यहाँ मानिसहरूलाई घरबाट बाहिर निस्कँदा मास्क लगाउन अनिवार्य गरिएको छ । यो नयाँ प्रावधान ५ अप्रिल अर्थात् आइतवार (आज) देखि लागू हुने र १३ अप्रिलसम्म जारी रहने जनाइएको छ ।

यति मात्र होइन, इटालीको उत्तरी भागका अन्य शहरहरू भेनेटो र अल्टो एडिगेजमा बजार वा शपिंग स्टोरमा किनमेल गर्न जाँदा मानिसहरूलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।यसअघि यहाँ मास्क खासै प्रयोग गर्ने गरिएको थिएन र महामारीको समयमा पनि अनिवार्य बनाइएको थिएन ।

यसभन्दा पहिले यी क्षेत्रहरूमा सावधानीका उपायका रूपमा कडा कदमहरू भने चालिएका थिए । उदाहरणका लागि अप्रिल १५ सम्म यस क्षेत्रमा सडकमा हिड्न नपाइने, बाइकबाट बाहिर निस्कन समेत प्रतिबन्धित नियम लागू गरिएको थियो । सबै पर्यटकीय स्थान र होटलहरू बन्द गरिएका छन् । यस बाहेक कुनै पनि प्रकारको निर्माण कार्य गर्न समेत प्रतिबन्धित गरिएको छ ।

फेब्रुअरीदेखि हालत खराब

इटलीमा गत फेब्रुअरीदेखि हालत खराब हुँदै आएको थियो । त्यहाँ काेराेना संक्रमणकाे केस पहिलाेपटक फेब्रुअरी २० मा देखिएकाे थियाे । हुन त त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोनाको पहिलो केस इटलीमा देखा पर्नुअघि नै एक टास्क फोर्स गठन गरेको थियो, जुन कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखेर तयार गरिएको थियो ।

कोरोना नियन्त्रणकै लागि इटाली नै यूरोपियन युनियनमा एयरलाइन्सहरुलाई प्रतिबन्ध गर्ने पहिलो देश हो ।अहिले सम्पूर्ण इटालीमा लकडाउन गरिएको छ । तर लोम्बार्डीमा अत्यन्त कडा प्रावधानहरू लागू गरिएको छ, जसको उल्लंघन गरेमा मानिसहरूलाई जरिवाना तथा कारबाहीको प्रावधान लागू गरिएको छ ।

यति गर्दा पनि इटाली कोरोना भाइरसको महामारी रोक्न सफल भएन । संक्रमितहरुको उपचारका लागि अस्पताल, स्वास्थ्य उपकरण तथा जनशक्तिको समेत अभाव भयो । यी सब कहरका बाबजुद पछिल्ला संकेतहरुले त्यहाँको अवस्था नियन्त्रणमा आउन थालेको देखिन्छ । (बिबिसी हिन्दीबाट )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com