भारतीय स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्ध आक्रमण


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

एक साताअघि मध्यप्रदेशको इन्डोरमा रहेको एउटा घना बस्तीमा एउटा समूहले कोरोनाका एक शंकास्पद संक्रमितको उपचारमा संलग्न दुई चिकित्सकलाई स्थानीयले कार्यकक्षमै हमला गरे । त्यसको तीन दिनपछि बिहारको मुनगेर क्षेत्रमा कोरोना परीक्षणका लागि एक व्यक्तिको घरमा पुगेको स्वास्थ्यकर्मीको टोलीमाथि स्थानीयले आक्रमण गर्दा स्वाथ्यकर्मी सो कार्यक्रम नै रद्द गर्न बाध्य भए ।

त्यस्तै, जयपुरमा कोरोना भाइरस संक्रमित व्यक्तिसँगको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्न पुगेका चिकित्सकमाथि एउटा भिडद्वारा ढुंगा प्रहार गर्दा चिकित्सक नै घाइते बनेका थिए । पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका भारतका दर्जनाैँ स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण भएको छ ।

भाडामा बसेका चिकित्सक तथा नर्सलाई घरबाटै निकाल्न थालिएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिले स्वास्थ्यकर्मीलाई नै दुव्र्यवहार गरेका छन् र केही चिकित्सक र उनीहरूका परिवारलाई छिमेकीले नै बहिष्कार गरेका छन् । भारतमा शनिबारसम्म ३ हजार संक्रमित नाघेका छन् भने कम्तीमा ७५ जनाको मृत्यु भइसकेको छ ।

किन भइरहेछ आक्रमण ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी कोभिड—१९ विरुद्धको युद्धको अग्रमोर्चामा छन् । विज्ञहरूका अनुसार संक्रमितको उपचारमा संलग्न कतिपय स्वास्थ्यकर्मी नै संक्रमित बन्दै गएको र उनीहरूले सार्न सक्ने भन्दै स्थानीय त्रसित छन् । संक्रमित स्वास्थ्यकर्मीले आफूहरूलाई रोग सार्ने भन्दै घरधनी र छिमेकी उनीहरूबाट छुटकारा पाउन खोजिरहेका छन् । शंकास्पद बिरामीलाई जबर्जस्ती आइसोलेसनमा राख्न थालेपछि आतंकित बनेका केही स्थानीय स्वास्थ्यकर्मीप्रति रुष्ट छन् ।

क्वारेन्टाइनमा राखिएकाले गर्छन् दुव्र्यवहार

दिल्लीको एक धार्मिक समूह तबलिगी जमातले आयोजना गरेको कार्यक्रममा सहभागी भएकामध्ये २१ जनालाई गाजियाबादको एक अस्पतालले क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा राखेका ती व्यक्तिले स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीलाई अपशब्द प्रयोग गरेका थिए । ‘उनीहरूमध्ये कोही अस्पतालको वार्डमा नांगै हिँडेर नर्स तथा चिकित्सकमाथि दुव्र्यवहार गरेका थिए,’ सो अस्पतालमा काम गर्ने एक चिकित्सक भन्छन्, ‘उनीहरूले बारम्बार चुरोट तथा सूर्ती मागिरहेका थिए ।’ दुव्र्यवहार गर्ने व्यक्तिहरूमाथि चिकित्सकले उजुरी गरेका छन् ।

यस्तै घटना राजधानी नयाँदिल्लीमा पनि देखिएको थियो । रेलसेवाले सञ्चालन गरेको एउटा क्वारेन्टाइन स्थलमा राखिएका व्यक्तिले दुव्र्यवहार गरेका थिए । नर्दन रेल्वेका प्रवक्ता दीपक कुमारले चिकित्सकलाई दुव्र्यवहार गरेपछि उनीहरूलाई अहिले काउन्सेलिङ दिइएको बताए । ‘काउन्सेलिङपछि उनीहरू क्वारेन्टाइनमा बस्न थालेका छन् ।’ प्रवक्ता कुमारले भने । त्यसअघि स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीलाई सुरक्षाको माग गर्दै दिल्ली सरकारले प्रहरीलाई पत्र पठाएको थियो ।

दक्षिणी सहर हैदराबाद र पश्चिम सहर सुरातमा पनि चिकित्सक तथा नर्समाथि आक्रमणका घटना बढेका छन् । हैदराबादस्थित गान्धी अस्पतालमा एक कोरोना संक्रमितको उपचार गरेका चिकित्सकमाथि बुधबार हमला भएपछि केही चिकित्सकले काम नगर्ने बताएका थिए । दोषीमाथि कडा कारबाही गरिने आश्वासन दिएपछि ती चिकित्सक पुनः ड्युटीमा फर्किएका थिए ।

आक्रमणको अर्थ छैन : डा. जाकिया सइद

यसै साता मध्यप्रदेशको इन्डोरमा हामी खटिएका थियौँ । म र अर्की सहकर्मी प्रोटेक्टिभ डिभाइस लगाएर कोरोना संक्रमणको शंका गरिएकी एक महिलाको उपचार गरेका थियौँ । उपचार गरिएको क्षेत्रमा घना बस्ती थियो । अकस्मात् एउटा समूहले हमला ग-यो । आक्रमणले बिरामीलाई उपचार गर्ने कर्तव्यबाट पछि हट्नेछैन, बरु अझै धेरै बिरामीको उपचारमा खटिनेछु ।

नियमित ड्युटीको सिलसिलामा कोरोनाका शंकास्पद बिरामीको परीक्षण गरेका थियौँ । हामीमाथि सांघातिक हमला होला भनेर कल्पना पनि गरेका थिएनौँ । यस्तो दृश्य यसअघि हामीले कहिल्यै पनि देखेका थिएनौँ । त्यो निकै डरलाग्दो थियो । मेडिकल टिममाथि सर्वसाधारण मानिस जाइलाग्नुको कुनै अर्थ छैन । आफ्नो कर्तव्यबाट वञ्चित हुन्न । आक्रमणमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘छिमेकी र घरधनीले नै गर्छन् विभेद’

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई छिमेकी र घरधनीले समेत अर्को नजरले हेर्न थालेका छन् । एक महिला चिकित्सक भन्छिन्, ‘म बसिरहेको फ्ल्याटमा म र मेरो परिवारलाई बस्न दिनुहुन्न भनेर छिमेकीले गुनासो गरिरहेका छन् ।’ आफूहरूलाई संक्रमण सर्छ भन्ने त्रासमा समाज र स्थानीयले आफूहरूमाथि अपमान गरेको उनको भनाइ छ ।

बिरामीलाई उपचार गर्दा आफूहरूमाथि विभेद भइरहेपछि आफ्नो परिवार सुरक्षित होस् भन्ने उनको चाहना छ । ‘संक्रमितको उपचारमा संलग्न केही चिकित्सकहरूमा कोरोना पोजेटिभ देखिएको छ । यसले हाम्रो काम कति जटिल छ भन्ने देखाउँछ । तसर्थ, कोरोनाविरुद्धको युद्धमा लड्न हामीलाई सबैको सहयोग चाहिन्छ ।’ अर्की एक चिकित्सक भन्छिन्, ‘हामीले सबै सुरक्षा मापदण्ड अपनाएका छौँ । हामीले आफ्ना परिवारलाई समेत भेट्न पाएका छैनौँ, जुन आफँैमा दुखित छौँ । ’

चिकित्सकमाथिको आक्रमण पेसामाथिकै हमला

संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथिको हमला सिंगो स्वास्थ्य पेसामाथिको आक्रमण भएको विज्ञहरू बताउँछन् । भारतमा कोभिड–१९ कार्यदलको सदस्यसमेत रहेका डा. आनन्द राई भन्छन्, ‘मेडिकल टिममाथिको हमलालाई कसैले पनि पुष्टि गर्न सक्दैन । सरकारमाथि सर्वसाधारणको अविश्वास र अज्ञानताका कारण यस्ता हमला भएका हुन् ।’ उनले अगाडि भने, ‘कोरोनाबारे सर्वसाधारणलाई सरकारले अझै बुझाउन सकेको छैन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com