फ्रान्समा तेस्रो दिन १ हजार बढीको मृत्यु, मृतक संख्या साढे ७ हजार नाघ्याे


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

कोरोना भाइरस (कोभिड १९) का कारण फ्रान्समा पछिल्ला तीन दिनयता लगातार १ हजारभन्दा बढीको मृत्यु भइरहेको छ । शनिबार त्यहाँ कोरोना भाइरसका कारण १ हजार ५३ जनाले ज्यान गुमाएको वल्र्डोमिटर्सले जनाएको छ । यससँगै फ्रान्समा कुल मृतक संख्या ७ हजार ५६० पुगेको छ ।

शुक्रबार पनि त्यहाँ १ हजार १२० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । शुक्रबार एकैदिन संक्रमितको संख्या सर्वाधिक २३ हजार ६० थपिएर ८२ हजार १६५ पुगेको थियो ।

शनिबार पनि एकै दिन ७ हजार ७८८ नयाँ बिरामी थपिएका छन् । यससँगै हालसम्म कुल संक्रमितको संख्या ८९ हजार ९५३ पुगेको छ । साथै अहिलेसम्म १५ हजार ४३८ जना भने पूर्ण निको भइसकेको जनाइएको छ , बिहीबार त्यहाँ एकैदिन हालसम्मकै बढी १ हजार ३५५ को मृत्यु भएको थियाे । बिहीबार २ हजार ११६ जना नयाँ थपिएका संक्रमित थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com