अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । जोन हप्कीन्स युनिभर्सिटीको तथ्यांक अनुशार अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ९ सय १५ पुगेको छ ।

अमेरिकामा मृतकको संख्या ८ हजार १ सय ६२ पुगेको छ । न्युयोर्क राज्यमामात्रै मृतकको संख्या ३५६५ पुगेको छ । न्युयोर्क सिटीमा मृतकको संख्या १९०५ रहेको छ । न्युयोर्कमा संक्रमितको संख्या १ लाख १३ हजार ८ सय ६ पुगेको छ ।

न्युयोर्कपछि सबैभन्दा धेरै संक्रमितहरु न्युजर्सीमा रहेका छन् । न्युजर्सीमा संक्रमितको संख्या ३५ हजार नजिक पुगेको छ भने मृतकको संख्या ८४६ पुगेको छ ।

मिसिगनमा संक्रमितको संख्या १२ हजार ७ सय ४४ पुगेको छ भने मृतकको संख्या ४७९ पुगेको छ । क्यालिफोर्निया र लुजियानामा पनि संक्रमितको संख्या १२ हजार नाघेको छ । क्यालिफोर्निया र लुजियानामा मृतकको संख्या २८२ र ४०९ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com