बाटोमा दिसा गर्ने १७ जना पक्राउ


प्रकाशित मिति : चैत्र १७, २०७३ बिहीबार

जनकपुरमा खुल्ला ठाउँ र बाटोको छेउमा दिसा गरिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुल्ला ठाउँमा दिसा गरिरहेकै अवस्थामा धनुषाको सिनुरजोडाका १२ जना र जनकपुर मुजेलियाका ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाईएको हो ।

घरमा शौचालय बनाउन र जथाभावी दिसापिसाब नगर्न पटक पटक गरिएको आग्रहलाई अटेर गरी खुल्ला ठाउँमा दिसा गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।

पक्राउ परेकाहरुलाई एक अर्काको कान समात्न लगाई सजाय दिएको र सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ । खुल्ला रुपमा दिसा गर्नेमा केही महिला समेत रहेको उनीहरुलाई महिला प्रहरी नभएकाले पक्राउ नगरिएको जनाईएको छ ।

प्रहरीले हरेक बिहान नियमित अनुगमन गर्ने र खुल्ला दिसा गर्नेलाई पक्राउ गरी सार्वजनिक गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । सरकारले सन् २०१७ भित्र खुल्ला दिसामुक्त देश घोषणा गर्न घरघरमा शौचालय बनाइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com