अमेरिकामा कोरोनाको ग्राफ झन झन उकालो लाग्दै, ट्रम्प भन्छन्- ‘मास्क लगाउनु जरूरी छैन’


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

पछिल्लो समय संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९)को ग्राफ झन झन उकालो लाग्दै गएको छ । शुक्रबार एकै दिन अमेरिकामा १३ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दा सम्म कोरोनाका कारण अमेरिकामा मात्र ७ हजार ३९१ जनाको ज्यान गएको छ । जसमध्ये १ हजार ३२० जनाको मृत्यु शुक्रबार मात्र भएको हो ।

यसैगरी त्यहाँ कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९६५ पुगेको वल्र्डोमिटर्सले जनाएको छ । ३२ हजार ८८ जना नयाँ संक्रमित शुक्रबार मात्र फेला परेका हुन् । अघिल्लो दिन बिहीबार नयाँ संक्रमितको संख्या २९ हजार ८७४ थियो भने ९६९ जनाले ज्यान गुमाएका थिए ।

अमेरिकामा हालसम्म कोरोना संक्रमण भएका १२ हजार २८३ जना निको पनि भइसकेका छन् । २ लाख ५७ हजार २९१ जनामा कोरोना सक्रिय रहेकोमा त्यसमध्ये ५ हजार ७८७ को अवस्था गम्भीर रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

मास्क लगाउने सुझाव ट्रम्पले मानेनन्

यसैबीच अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रहरू काेराेना महामारिबाट जाेगि सबै अमेरिकीहरुलाई घरबाट बाहिर निस्कँदा मास्क लगाउन आग्रह गरिरहेका छन् । तर राष्ट्रपति डाेनाल्ड ट्रम्प भने यसमा सहमत छैनन् ।

“मास्क लगाएर हिँड्ने, यो एक स्वैच्छिक चीज हुनेछ,” राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा दैनिक कोरोनाभाइरस ब्रीफिंगको क्रममा शुक्रबार भने, “तपाई यो गर्न सक्नुहुन्छ । तपाईले मास्क प्रयाेग नगर्न पनि सक्नुहुन्छ। म भने मास्क लगाउने काम छनौट गरिरहेको छैन। यो राम्रो हुन पनि सक्छ। तर यो केवल एक सिफारिश हो, स्वैच्छिक मात्र ।”

बिबिसीका अनुसार ट्रम्पले भने, “मलाई लाग्छ कि अनुहारको मुखौटा (मास्क) लगाएर मैले राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीलाई अभिवादन गर्दछु, मलाई केही थाहा छैन । म यो आफ्नै लागि केही देख्दिनँ। म अहिले याे मास्क लगाउने पक्षमा छैन। हुन सक्छ, म आफ्नो सोच बदल्न पनि सक्छु ।”

अमेरिकामा पछिल्लाे समय कुनै लक्षण नदेखिएका व्यक्तिमा पनि काेराेना संक्रमण भएकाे र भित्रभित्रै तिनीहरूले अरूलाइ पनि सारिरहेकाे अध्ययनहरूबाट पुष्टि भएकाे छ । विज्ञहरूले कडा कदम नचाल्ने हाे भने अमेरिकामा अझै धेरै गाह्राे हुँदै बताइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com